हेटौंडा । मकवानपुर प्रहरीले अबैध भारु सहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको नेतृत्वमा खटिगएको प्रहरी टोलिले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेेेमा हेटौंडा भएर विरगंज तर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरेलाई चेकजाँच गर्दा स्रोत नखुलेको अबधै ९ लाख ९९ हजार भारतीय रुपैयाँ सहित बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ बर्षीय विजय चौधरी, भारत नहेटी बस्ने ३८ बर्षीय संकर सरकालाइ पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन्। उनिहरुले कानुन विपरित प्रतिवन्धित भारु बोकि हिडेको र उक्त रकमको स्रोत पनि नखुलेको पक्राउ गरि आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको एसपी राठौरले बताए। ९ लाख ९९ हजार अबधै भारतीय रुपैयाँ सहित पक्राउ परेकालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।








