• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

हस्तकलाबाट नाम र दाम कमाउँदै लोककुमारी

  •   बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ ।  मध्यनेपाल नगरपालिका-६, भोर्लेटारको सडक आडैमा छ लोककुमारी हस्तकला उद्योग । यस उद्योगकी सञ्चालक लोककुमारी गुरुङ दुरा दिनभरी यही उद्योगमा भेटिनि्छन् । उनी उद्योगमा आफै चर्खा चलाउँने, धागो उत्पादन गर्ने गर्छिन् । साथै, अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी आफै बनाउछिन् ।

    उद्योगमा उनीसँगै अन्य नाै जना स्थानीय महिला पनि सीप सिक्दैछन् । उनीहरूलाई बाग्लुङकी प्रशिक्षक बीना पुनले हस्तकलाका सामान बनाउने सिप सिकाउँदैछिन् । सिप सिकेर उनीहरू पनि व्यावसायिक रुपमा विभिन्न हस्तकलाका सामान उत्पादनमा लाग्ने लोककुमारीकाे भनाइ छ ।

    ‘पहिले त हातमा सीप चाहियो । अहिले सिप सिक्दै छौँ,’ उनले भनिन्, ‘सिप सिकेपछि विभिन्न सामान बनाएर बेच्ने र यसैबाट आम्दानी गर्ने लक्ष्य छ ।’ फुर्सदको समय उपयोग गर्दै हस्तकलाका सामान बनाएर बिक्री गर्नसके मनग्य कमाउन सकिने उनी बताउँछिन् । उनले भनिन्, ‘त्यसैले मसँगै अन्य नाै जना दिदीबहिनी पनि सिप सिक्दै छन् । साथमा भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी बनाउँदैछन् ।’

    पाँच लाख लगानीबाट उद्योग सुरु
    १५ फागुन ०७५ मा पाँच लाख लगानीमा लोककुमारीले उद्योग सुरु गरेकी हुन् । सुरुमा एक सय केजी अल्लो, धागो उत्पादनका लागि १० वटा खुट्टे चर्खा र दुई वटा हातेचर्खा ल्याएर उद्योग अघि बढाएको उनले बताइन् ।

    सुरुमा उद्योगमै प्रशिक्षक ल्याएर हस्तकलाका सामान बनाउने सिप सिकेकाे उनले बताइन् । सिप सिक्नका लागि उनीसँगै अन्य १४ जना स्थानीय महिला सहभागी थिए । स्थानीय महिलालाई सिप सिकाएर व्यावसायिक कर्ममा लागि आफूसँगै अन्य महिलाको आर्थिकस्तर माथि उकास्नका लागि  उद्योग सुरु गरेको उनी बताउँछिन् । ‘गहना धितो राखेर पाँच लाख लगानीमा यो उद्योग सुरु गरेकी हुँ,’ उनले भनीन्, ‘उद्योगमा अहिले झण्डै १० लाख लगानी भइसकेको छ ।’

    हस्तकलाका सामानको माग र मूल्य राम्रो 
    लोककुमारीका अनुसार बजारमा अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरीको माग र मूल्य दुवै राम्रो छ । अबको ६ महिनाभित्रमा २-३ सय भाङ्ग्रा, जुहारी कोटका साथै झण्डै १२ सय ऊनको पछ्यौरी बनाएर बेच्ने आफ्नो लक्ष्य रहेको उनी बताउँछिन् ।

    उत्पादित सामान भोर्लेटारसँगै लमजुङका विभिन्न ठाउँ, तनहुँको दमौली र पोखरामा बिक्री हुनेमा उनी बताउँछिन् । उद्योगको उत्पादन विदेशसम्म पुराउने उनको सपना छ । सिप सिक्ने, सिकाउने र आफूसँगै महिलालाई उद्यमी बनाउने काममा जुटेकी लोककुमारीलाई सासु, ससुरा, श्रीमानसँगै छोराछोरीको पनि साथ छ । ‘उद्योगलाई अघि बढाउन परिवारसँगै समुदायको पनि हौसला र साथ मिलेको छ,’ उनले भनिन्, ‘महिलालाई  सिप सिकाउनुका साथै सिप सिकेका केही महिलालाई रोजगारी दिने लक्ष्य छ ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.