• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नारायणी नदी किनारलाई मनमोहक वनाईदै

  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विश्वका ठूला शहरहरुमा पर्यटकको मुख्य आकर्षण नदीका गतिबिधि हुने गर्दछन् । नेपालमा धेरै सुन्दर नदीहरु भएर पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षण नदी कमै मात्र हुने गरेको छ ।
    भरतपुर महानगरपालिकाले नारायणी नदीको किनारलाई व्यवस्थित गरेर पर्यटकीय आकर्षणको केन्द्र वनाउने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित नारायणगढ वजार संगै नारायणी नदी किनारलाई व्यवस्थित गर्न थालिएको हो । नारायणी नदीको पुल देखि नारायणी लिफ्ट सिचाई सम्मको भूभागलाई संरचनाहरु निर्माण गरि सुन्दर वनाउन लागिएको हो ।

    महानगरपालिकाका ई. अस्मिता खनालका अनुसार त्यस भूभागलाई पाँच भागमा बिभाजन गरेर संरचनाहरु निर्माण गर्ने गरि बिस्तृत अध्ययन प्रतिवेदन परामर्शदाता कम्पनीले तयार गरेको छ । काठमाडौंको ग्रिड कन्सल्ट नामको कम्पनीले रु २९ करोड ३१ लाख खर्च हुने गरि विस्तृत अध्ययन प्रतिबेदन तयार गरेर महानगरपालिकालाई बुझाई सकेको छ ।
    नदी किनारको दुई तर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिने छ । खनालका अनुसार बिचको भागमा धार्मीक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साईकल मार्ग, प्रदर्शनी क्षेत्र, आरती क्षेत्र, धार्मीक प्रबेश क्षेत्र, हरियाली क्षेत्र रहने छन् ।
    वगैंचा, फुटवल मैदान, भलिवल कोट, व्याडमिन्टन कोट, बिच भलिवल क्षेत्र, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा क्षेत्र, बालबालिकाको खेल क्षेत्र, अबलोकन क्षेत्र, बिस्राम स्थल, शौचालय, पाकीङ्ग लगाएतका संरचना निर्माण गरिने छ । २ दशमलब ५ किलोमिटर लामो सो भूभाग १५ विगाह क्षेत्रमा फैलिएको छ । आँफैमा रमणीय स्थल भएकाले यसलाई व्यवस्थित गरे संगै यहाँको सौन्दर्यता थप आकर्षक वन्ने अपेक्षा गरिएको छ ।
    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल आँफुले प्रमुख भए देखिनै नदी किनारलाई पर्यटकीय आकर्षक केन्द्रका रुपमा बिकास गर्न गृहकार्य गर्दै आएको बताउनुभयो । गत आर्थिक वर्षमा सोहि ठाउँमा रु ९७ लाख खर्च गरेर पैदल मार्ग र पार्कहरु निर्माण गरिएको छ । दाहालका अनुसार प्रतिबेदन अनुसार काम गर्न संघ र प्रदेश सरकार संग बजेट माग गरिने छ ।
    संघिय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले रु २ करोड १० लाख वजेट बिनियोजन गरि सकेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले रु ५० लाख र महानगरपालिकाले रु ५० लाख बिनियोजन गरेको छ । दाहालले भन्नुभयो “बिस्तृत अध्ययन प्रतिबेदन स्विकृत संगै थप वजेटका लागि संघ र प्रदेश संग अनुरोध गर्छौ ।” वहुबर्षिय रुपमा काम हुने भएकाले एकातर्फ काम हुँदै जाने र अर्का तर्फ आबश्यक वजेट माग गर्ने कामपनि संगसंगै गरिने उहाँको भनाई छ ।
    महानगरको शहरि क्षेत्रमा बसोबास गर्नेहरुका लागि नदी किनार निकै उपयोगी हुने छ भने आन्तरिक र बाह्य पर्यटकका लागि पनि आकर्षक केन्द्र बिन्दु बन्ने दाहालको विश्वास छ । पबित्र तिर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अबलोकन गर्न सकीने छ । दाहालका अनुसार किनारका संरचना वन्दै गर्दा नदीका खेलहरु पनि खेल्न सकीने छ ।
    महानगरका पर्यटन बिज्ञ विश्व सुवेदी नारायणी नदी किनार राम्रो मनोरञ्जन केन्द्रका रुपमा बिकास हुने बताउनुहुन्छ । सामुन्द्रिक किनारको अनुभूती त्यहाँ पुग्ने जो कोहीले पाउने गरि संरचनाहरु निर्माण गर्न लागिएको उहाँको भनाई छ । मूख्य रुपमा आन्तरिक पर्यटक र बाह्यलाई पनि नदी किनार महत्वपूर्ण गन्तव्य वन्ने सुवेदी वताउनुहुन्छ । उहाँले भन्नुभयो “प्रतिबेदन अनुसार काम सम्पन्न हुँदै गर्दा कम्तिमा चार घण्टा बिदेशी पर्यटकलाई पनि घुमाउन सक्ने ठाउँ वन्छ ।”
    धार्मीक दृष्ट्रिले नारायणी नदी महत्वपूर्ण मानिन्छ । सोही नदीको तटमा व्यवस्थित संरचनाहरु बने संगै धार्मीक भक्तजन देखि नदी किनारमा खानपिन र खेल्न रुचाउने सम्मको आकर्षणको केन्द्र नदी किनार वन्ने अपेक्षा लिईएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.