• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आठ महिनादेखि लक्ष्य भेटेन भैरहवा भन्सारले

  •   मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा । वार्षिक लक्ष्य पार गर्न नसकेको भैरहवा भन्सार कार्यालयले यो आर्थिक वर्षको पहिलो महिनामा पनि लक्ष्य पार गर्न सकेन । मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको कार्यालयले ७० दशमलव ९८ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा २९ प्रतिशतले कम हो ।

    भन्सार कार्यालयलाई भन्सार विभागले साउन महिनाका लागि नाै अर्ब १४ लाख दुई हजार लक्ष्य दिएकोमा ६ अर्ब ३८ करोड ९३ लाख ४४ हजार राजश्व संकलन गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानले बताए ।

    मासिक रुपमा राजश्व संकलन गर्न नसक्दा वार्षिक राजश्व संकलनको लक्ष्य पनि स्वतः प्रभावित हुन्छ । कार्यालयलाई एक खर्ब ६० करोड ३८ लाख ७८ हजारको वार्षिक लक्ष्य दिएकोमा कुल लक्ष्यको चार दशमलव ११ प्रतिशत योगदान हाल संकलित राजश्वले गरेको छ । गत आर्थिक वर्षमा एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार लक्ष्य रहेकोमा ९१ प्रतिशत अर्थात एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २४ हजार राजश्व संकलन भएको थियो । गत आर्थिक वर्षको साउनमा लक्ष्य भन्दा पाँच दशमलव ५८ प्रतिशत बढि राजश्व संकलन गरेको थियो ।

    नेपाल राष्ट्र बैकले अनिवार्य लागु गरेको प्रतित पत्र र विभिन्न बस्तुको आयातमा लगाएको पूर्ण बन्देजका कारण भैरहवा भन्सार कार्यालयले भदौ यताबाट लक्ष्य अनुसारको राजश्व सकंलन गर्न सकेको थिएन । विगतका आठ महिनादेखि कार्यालयले लक्ष्य पार गर्न सकेको छैन । ५ पुसबाट लागु हुने गरी नेपाल राष्ट्र बैकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरुको आयातमा अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमि हुदै आएको छ । लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्दा यस्को प्रभाव वार्षिक लक्ष्यमा पर्ने देखिएको छ । लक्ष्य पार गर्न नसकेपनि भन्सार विभागले लक्ष्य बढाउदै लगेको सूचना अधिकारी पासवानले बताए ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल सरकारको निकासी पैठारी नियन्त्रण ऐन २०१३ के दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड १ को उद्धेश्य प्राप्त गर्न १३ वैशाखबाट १० वटा शीर्षकको आयातमा पूर्ण बन्देज लगाएको थियो । ३१ असारमा यसलाई निरन्तरता दिदैँ थप केही संशोधन गरी पैठारी पूर्ण बन्देज भएको बस्तुहरु कुरकुरे, लेज लगायतका वस्तु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तीन सय डलरभन्दा बढीका मोबाइल सेट, ३२ इन्च भन्दा ठूला रंगीन टिभी, जीप कार भ्यान, १५० सिसी माथिको मोटरसाइकल, सबै प्रकारको खेलौना र खेल्ने तास रहेको नेपाल राजपत्रमा उल्लेख छ । पूर्ण बन्देज लगाएको बस्तु मध्ये अधिकांस शीर्षकका वस्तु स्थलमार्गबाट नआई हवाई मार्गबाट आउने गरेको छ ।

    यि बस्तु मध्ये भैरहवा भन्सारबाट पैठारी हुने आयातलाई असर गर्ने वस्तु जीपकार भ्यान र मोटरसाइकल हो । जिप कार भ्यान र मोटरसाइकलबाट कार्यालयले राजश्व संकलनमा ठूलो योग्दान पाउने गरेको थियो ।  कार्यालयका सूचना अधिकारी तिर्थराज पासवानका अनुसार हरेक महिना १० अर्बको हराहारीमा लक्ष्य छ, नेपाल राष्ट्र बैकले विलासिताका वस्तुहरुको आयातमा कडाई गरेको छ त्यसको असर हो ।

    दैनिक ६–७ सय मालवाहक गाडी जाँच पास हुँदै आएको भैरहवा भन्सार कार्यालयमा अहिल दुई सयको हाराहारीमा आयात भइरहेको छ । कार्यालयले सवारीसाधान, टायल मार्वल, एमएस विलेट, डिजेल, पेट्रोल, कोइला, मोबाइल फोन, पोलिथीन दाना, जर्दा खैनी, ग्लासलगायतका वस्तुबाट बढी राजश्व संकलन गरिरहेको थियो ।

    मुख्यत १० बस्तुको आयातले हाल राजश्व संकलनमा केही योग्दान गरेको छ । १५० सिसी सम्मको मोटरसाइकल मात्रै आयात खुला रहेकोले कार्यालयले मोटरसाइकलबाट १ अर्ब ४२ करोड ३५ लाख, पेट्रोलबाट २९ करोड ६ लाख ग्लेज टायलबाट २८ करोड २४ लाख, एम एस विलेट बाट२५ करोड ४२ लाख, सुपारीबाट २४ करोड, पीकअप, भयानबाट १६ करोड २५ लाख, मार्बल स्ल्याबबाट १५ करोड ८५ लाख, एलपी ग्यास १५ करोड ३० लाख, प्लाष्टिक सीट फिल्म १० करोड २५ लाख र इलेक्ट्रिक कार जीप भ्यानबाट १० करोड २० लाख राजश्व संकलन भएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.