काठमाडौं । नेपाल प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका एक नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाका नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तान रहेका छन् ।रोशी गाउँपालिका–५ शिसाखानी छापका मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । काभ्रेका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले उनलाइ जिल्ला प्रशासन कार्यालय काभ्रेबाट शुक्रबार सात दिनको म्याद थप गरिएको जानकारी दिए ।








