• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

विपीका विश्वास पात्र पाण्डे जसले पदको लागि मरिहत्ते कहिल्यै गरेनन्

  •   शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राजनीतिमा चुनौतीमात्र हुँदैन सेवा गर्ने अवसर पनि हुन्छ । अवसर विनाको राजनीतिले आफूले चाहेजस्तो परिणाम ल्याउन सक्दैन । ‘नाम होस कि बदनाम तर गुमनाम नहोस’ भन्ने भनाई सबैको लागि चरितार्थ नहुन सक्छ राजनीतिमा । तर राजनीतिमा यस्ता मान्छे पनि भेटिन्छन् जसको नाम हुन्छ , न बदनाम , न त उनीहरुसँग दाम नै तर केवल योगदानमात्रै । उनीहरु केवल कामको लागि भोका हुन्छन् लाभका लागि होइन । महाभारतमा श्रीकृष्णले भने झैं निष्काम कर्मबाट प्रेरित हुने मान्छे राजनीतिमा त झनै दुर्लभ छन् । त्यस्तै दुर्लभ मध्येका एक हुन् भरतपुर नगरपालिका वडा नम्बर २ , क्षेत्रपुर निवासी ऋषिराज पाण्डे ।

    उमेरले ७ दशक नाघ्दा पनि उही जोश, उतिनै फूर्ति अनि उत्तिनै उर्जा पनि । पाण्डेले आफ्नो सम्पूर्ण जीवन पार्टी र देशको लागि खर्चे । तर कहिल्यै महत्वपूर्ण अवसर पाएनन् वा त्यसका लागि मरिहत्ते गरेनन् । अवसरको लोभमा कहिल्यै आफ्नो स्वाभिमानलाई साटेनन उनले । राजनीतिको नशा अझै छ उनीमा र उनले हिम्मत हारेका छैनन । देशका लागि केही गर्छु भन्ने अठोटका साथ अझ सक्रिय राजनीतिमा होमिने अठोट गरेका छन उनले । नेपाली काँग्रेसका शिर्ष नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्राई, गिरीजा प्रसाद कोइरालाको सामिप्यमा रहेर कैयौ बर्ष बिताए उनले ।

    आज ती शिर्ष निेता यो धर्तीमा त छैनन तर इतिहासको साक्षीका रुपमा उनी अझैपनि सक्रिय जीवनमा छन् । क्रियाशील पार्टीको पहरेदारको रुपमा परिचित छन् ,उनी अहिलेको नयाँ पुस्ताको लागि जिउँदो इतिहास हुन् । वनारसमा विपी लगायतका नेतासँगको उठवस देखि नेपालमा आएर पार्टीको लागि सक्रिय भएका वेला उनले मोलेका जोखिम अहिलेका कुनै वरिष्ठ नेताको भन्दा कम छैन । पञ्चायतको चरम दमनको बीचमा पनि उनको प्रजातन्त्र प्रतिको आस्थामा कहिल्यै कमी आएन । त्यतिबेलाको समय पञ्चायत र दरबारको दबदबा थियो । जनतालाई दमन गर्नु , स्वतन्त्रता रुपमा बोल्न नदिनु त्यति बेलाको शासकका प्राथमिकतामा पथ्र्यो ।

    तर केही राष्ट्रसेवक , देशप्रेमी केही नेता पनि थिए जसले कुनै न कुनै रुपमा जनताको आवाज उठाईरहन्थे । ‘तर उठाएर के गर्नु जति कराएपनि जति चिच्याएपनि त्यो सबै निरर्थक बन्थ्यो त्यतिबेला । ‘हामीले कहिले कुनै कुनामा कुनै ठाउँमा पञ्चायत विरोधी, राजा विरोधी केही बोल्यो कि लगेर जेलमा कोचिहाल्थ्यो’ पाण्डे सुनाउँछन् । २०२६ सालमा उनी त्यतिखेर काठमाडौमा कमर्स पढ्थे । जीवनको ७० औं बसन्तमा पनि उनलाई आफ्नो जीवन भन्दा देशकै चिन्ता छ । गोर्खाको दुर्गम गाउँ खोप्लाङ्मा उनको जन्म भयो । बाबु अदालतको विचारी पदमा , प्रशस्त जग्गा जमीनले गर्दा पनि ५ जना दाजुभाई ४ दिदी बहिनी भएका उनका बुबालाई परिवारको पालनपोषणमा कमी थिएन ।

    सानैदेखि विपिका किताव खोजेर पढ्ने बानी परेका ऋषिलाई भने गोरखाको त्यो गाउँ साँघुरो हुँदै गयो । २०२५ सालमा एसएलसी दिएपछि उनको गन्तव्य बन्यो काठमाडौं । ‘मैले पहिलेनै एसएलसी पास गरेपछि काठमाडौंमैं त्यही पढ्दै गर्ने राजनीतिमा पनि सक्रिय रहने विचार काठमाडौं हानिएको हुँ ’ उनले आफ्नो राजनीतिका शुरुवाती दिन सम्झे । क्याम्पसको पढाईसँगै शुरु भयो उनको राजनीतिक यात्रा पनि । त्यसपछि त्यतिबेलाका चर्चित नेता मार्सल जुलुम शाक्य लगायत अन्य साथीहरूसँग उनको भेट भयो ।

    भेटसंगै घनिष्ठता पनि बढ्दै गयो । त्यतिबेला कृष्ण प्रसाद भट्टराई पनि प्रतिबन्धित काँग्रेस पार्टीको मुल राजनीतिमा उक्तिकै सक्रिय थिए । शाक्यसँग संगत गर्दै जाँदा भट्टराईको नजरमा पनि उनी परे । ‘म शुरुमै क्याम्पसको स्ववियु निर्वाचनमा उठें , जितेंपनि ’ उनले आफ्ना राजनीतिक फड्को बारे सुनाए । त्यसपछि उनको सक्रियता झनै बढ्दै गयो । सबै नेताको प्रीय र विश्वासिला पात्र बन्न सफल भए उनी । त्यसको केही समयपछि नेपाल विद्यार्थी संघ स्थापना गर्ने र त्यसको केन्द्रिय समिति निर्णय गर्न निर्वाचनको तयारी थालियो ।

    ‘यसको लागि हामीले पशुपतिनाथ पारीको मन्दिर , कहिले स्वयम्भुको जंगल रोज्ने गथ्र्यौ,कहिले किलागलको गोप्य कार्यालय ’ उनी भन्छन् । आखिरमा केन्द्रिय महाधिवेशन त्रिभुवन विश्वविद्यालयमा भयो उनी मार्सल जुलुम शाक्यको प्यानलबाट केन्द्रिय सदस्यमा निर्वाचित भए । ‘म नेविसंघको संस्थापक केन्द्रिय सदस्य हुँ ’ गर्व गर्छन उनी । त्यतिबेला विपी कोइराला र गणेशमान सिंह वनारसमै बसेर विरोधको विगुल फुक्थे । नेता कार्यकर्तालाई निर्देशन दिने गर्थे। त्यतिनै बेला भारतमा चुनावी सरगर्मी चलेको थियो ।

    यसै शिलशिलामा उनी १९७१ तिर चुनावी माओल बुझ्न भारत भ्रमणमा निस्के पाण्डे । त्यहाँ नै विपी कोइरालासँग उनको भेट भयो । ‘मैले उहाँलाई राम्रोसँग बुझेको तर मलाई उहाँले पहिलो पटक देख्नुभएको । मेरो अनुहार देख्ने बित्तिकै म कस्तो छ भनेर थाहा पाईहाल्नुभयो ।’उनले विपिको पहिलो भेटबारे सविस्तार गरे। केही साथीहरुसँग भारत भ्रमणमा निस्केका उनलाई भने विपिले तत्काल नेपाल फर्कन रोके। ‘मलाई बढी विश्वास गरेर होकि के हो थाहा भएन । काम छ तिमी यहींँ बस्नु केही दिन भन्नुभयो’ विपिको भनाई सम्झिर्दै उनले भने ।

    त्यतिबेला सुर्वणशमशेर कलकत्तामा आफ्नै घरमा बस्थे । तात्कालिन भारतका प्रधानमन्त्री ईन्दिरा गान्धी लगायसँग भेट गर्ने मौका मिल्यो घुम्ने क्रममा ।विपिले भनेका अह्राएका काम तत्काल शिरोधार्य गर्ने उनले सजिलै विपिको मन जित्दै गए । ‘काठमाडौंमा पढ्दै गरेको मलाई तिमीले मलाई सहयोग गर्नुपर्छ । यही पढ भनेर पो भन्नु भयो’ पाण्डे सुनाउँछन् । त्यसपछि उनी वनारसकै एउटा विश्वविद्यालयमा अध्ययन गर्न गए । ‘म कलेजको कक्षा सकाएपछि उहाँसँगै हुन्थे, उहाँले अह्राएको काम र राजनीतिक कार्यक्रममा जाने गर्थें ।’ विपिले गरेको विश्वास अझैपनि उनले बिर्सेका रहेनछन् ।

    शुरुवाती क्षणमा विपिसंँगै खाने बस्ने गरेपनि त्यसको केही दिनपछि भने उनलाई विपीले नजिकै एउटा धर्मशालामा कोठा व्यवस्थापन गरिंदिए । ‘शैलजा दिदी, गणेशमान हामी एउटै भान्सा गथ्र्यौ’ वनारस बसाईबारे उनी थप्छन् । विपि वनारस भएपनि उनले नेपालको राजनीतिक गतिविधिलाई राम्रोसँग नियालिरहेका हुन्थे । हरेक कुराको सूचना विपिसँग तत्कालनै आईपुग्थ्यो । एकदिनको कुरा हो विपिले उनलाई गोर्खा गएर त्यहांँको सुरक्षा अवस्था र सुरक्षाकर्मीको तथ्यांक ल्याउन आदेश दिए । गोर्खा जन्म घरभएपनि उनलाई गोर्खाको बारे त्यति बिस्तृत विवरण भने थाहा नभए पनि उनले हुन्छ भनिदिए । अजिंगरको आहारा दैबले पुरयाउंँछ भने झैं उनी वनारसबाट फर्केर सिधै गोर्खा पुगे ।

    बाटोमा आफ्नो कामको जिम्मेवारी कसरी पुरा गर्ने सोच्दै आएका उनको त्यतिखेर आफ्नै मामा गोर्खाको सिडीओ कार्यालयमा सुब्बा पदमा काम गर्छन भन्ने थाहा थियो । ‘म दिउसोतिर मामाको अफिस जान्थे , मामासंँगै कुरा गर्ने गर्थे तर म किन के को लागि गएको भन्ने मामालाई पनि थाहा दिएको थिइन । उनी भन्दै गए ‘त्यसपछि मामासंँग सुरक्षाकर्मी संख्या, अवस्थाबारे जिज्ञासा राख्दै तथ्यांक लिन थालें । त्यसपछि त्यो विवरण बोकेर एक महिनापछि वनारस पुगेर विपिलाई बुझाएँ ।

    त्यसपछि त मलाई झननै विश्वास गर्नुभयो। अरुलाई बरु धेरै बस्न भन्नुहुन्थेन मलाई एकदम माया गर्ने ।’ उनी भन्छन् । विपिले अह्राएको काम उनले फत्ते गरेपछि फेरी एकदिन उनलाई विपिले अर्को काम लगाए । ‘तिमी यो एउटा तरुण पत्रिका र एउटा चिठ्ठी बोकेर काठमाडौं जानु र कसैले थाहा नपाउने गरी ऋषिकेश शाहलाई दिनु ।’ विपीको भनाई अहिले पनि ताजै छ उनमा । त्यति बेला ऋषिकेश शाहको दरबारमा राम्रो सम्पर्क थियो र त्यहांँको सबै गतिविधि विपिलाई पुरयाउंँथे । उनी पनि विपीको विश्वासिला पात्र थिए ।

    शाह कहिले काहीँ भारतका विश्वविद्यालयमा ‘गेष्ट लेक्चर’ भएर जांँदा हुँदा भेट गर्ने गर्थे । त्यसैले विपीले नै उनलाई दरबार राख्ने प्रपञ्च मिलाएका थिए रे । पाण्डे त्यसको भोलिपल्टनै तरुण पत्रिका र चिठ्ठी बोकेर काठमाडौं फर्के । ‘पत्रिकाको बारेमा त थाहा थियो तर चिठ्ठीमा के थियो मलाई थाहा थिएन ’ उनी भन्छन । पाण्डे काठमाडौं आउने वित्तिकै त्यो पत्रिका र चिठ्ठी जस्ताको तस्तै ऋषिकेश शाहलाई दिए । तर त्यसको भोलिपल्ट पत्रिका दरबारमा पुगेपछि भने त्यहाँ हंगामा भयो । पाण्डेलाई शाहले आफ्नो घरमा २, ४ दिन लुकेर बस्न सुझाए ।

    त्यहिदिन फेरी तात्कालिन मन्त्री प्रयागराज सिंह माथि बम प्रहार भयो । त्यसपछि झन् ठुलो हंगामा मच्चियो । ‘भारतबाट कोही सुराकी आएको हुनुपर्छ भनेर दरबारियाले शंका गरे,’ पाण्डे भन्छन् । त्यसको केही दिनपछि शाहले आफ्नै गाडीमा पाण्डेलाई वनारस फर्कन थानकोट सम्म पुरयाए । ‘त्यतिबेला गाडी पनि त्यति थिएनन म ट्रकमा चढेर बाइरोडको बाटो भारतको सीमा हुँदैसिधै वनारस पुगें ’ पाण्डे जोखिम मोलेर काम फत्ते गरेकोमा गर्व गर्छन् ।

    २०३२ सालमै चितवन झरेर स्थायी बसोबास गर्दै आएका पाण्डे कहिले भारत कहिले नेपाल गरेर आउने जाने गर्थे । नेपालबाट गएका नेताहरु, गणेशमान, कृष्ण प्रसाद भट्टराई , शैलजा आचार्य लगायतसँग नेपालमा परिवर्तन ल्याउनु पर्छ , प्रजातन्त्र ल्याउनु पर्छ भन्ने घनिभुत छलफल हुने गथ्र्यो । पञ्चायत र शाह वंशको दमन र दबाब कारण विपी निकै चिन्तित बन्थे । तर निकास तत्काल निक्लने छाँट थिएन । त्यसको केही बर्षपछि ओखलढुंगा काण्ड भयो कांँग्रेस कार्यकर्ता धेरै मारिए । ‘त्यसपछि वीपी नेपाल फर्कने निधो गर्नुभयो २०३३ सालमा तर त्रिभुवन विमानस्थलमा आउने वित्तिकै गणेशमान सहित उहांँ पनि गिरफ्तारीमा पर्नुभयो । ’पाण्डे भन्छन । गिरफ्तारी गरेको केही समयपछि फेरी उनीहरु जेलमुक्त भए ।

    शीर्षनेताहरु बीच फेरी प्रजातन्त्र प्राप्तीको लागि छलफल बैठक हुन्थ्यो । अब शान्त तरीकाले बिद्रोह गर्ने । २०३६ सालमा जनमत संग्रह भयो । पाण्डेलाई भरतपुरको जिम्मा लगाईयो । ‘म भरतपुर संयोजक भएंँ सशस्त्र क्रान्तिको बेला’ उनले भने । त्यसपछि उनी भरतपुर नगरपालिकाको कांँग्रेसको पहिलो नगर सभापति पनि भए । त्यतिबेला प्रतिबन्धित नेपाली कांँग्रेस जिल्ला कार्य समिति थियो । उनी त्यसबाट यता लगातार तीन पटक सम्म जिल्ला उपसभापति भए । उनलाई तात्कालिन भरतपुर नगरपालिकाको मेयर बन्न मन थियो तर उनलाई उपमेयरमा लड्न अनुरोध गरियो । ‘मैले मेयर पाइन मुक्तिलाल चुकेजी पाउनु भयो त्यसपछि मेरो सट्टामा जगन्नाथ पौडेलजीले उपमेयर हुनुभयो,’ उनी गुनासो गर्छन ।

    महत्वपूर्ण अवसरबाट वञ्चित रहेका उनलाई त्यतिबेला कहिले कुन पद र कुन स्थानमा हुत्याईन्थ्यो थाहा नै हुन्थेन । ‘मैले न खुरापाती जानें नत चाकरी जानें । त्यसैले म राजनीतिमा पछि परें ’ उनको बुझाइ छ । प्रजातन्त्रको लागि उनी कैयौपटक काठमाडौ, चितवन , गोर्खामा धरपकडमा परे, गिरफ्तारीमा परे, चितवनबाट गोर्खा धपाईए तर उनले प्रजातन्त्रको लागि कसैसंँग सौदाबाजी गरेनन् । ‘मलाई एकपटक भाषण गर्दागर्दै प्रहरीले गिरफ्तार गर्यो अनि तात्कालिन सिडीओले चितवन छोड् भने, त्यसको अघिल्लो दिन मैले भारतबाट ल्याएका सबै तरुण पत्रिका रातभरी नारायणगढमा छरेर बिहानै भरतपुर एयरपोर्टबाट गोर्खा गएंँ ।

    यो कुरा कसैलाई पनि पत्तै भएन ।’ उनीसंँग यस्ता घटनाका श्रृंखलानै छ । तर विपी, किसुनजीको निधन पछि भने उनी टुहुरो जस्तै भए , छन् पनि । नेपालमा प्रजातन्त्रको लागि दशकौं देखि योगदान गरेका पाण्डे आज गुमनाम जस्तै बनेका छन । कमैले चिन्छन कमैले बुझ्छन उनलाई । हुनत उनले कैयौ पदका अवसर पाउँदा पनि त्यसको लागि मरिहत्ते गरेनन । ‘म कस्तो मान्छे भने अरुले तपाईनै बस्नु पर्छ हुनुपर्छ भने मात्र पद र अवसर लिन्थें । साथीभाईको चाहनालाई कहिल्यै कुण्ठित गरिन ।’राजीनितीमा त्याग पनि हुनुपर्छ भन्ने कुरा उनलाई राम्रो संँग थाहा रहेछ ।

    तर पहिलेको राजनीति अभ्यास र पछिल्लो राजनीति गतिविधि प्रति भने वितृष्णा छ उनलाई । ‘अहिलेको राजनीति लाई के राजनीति यो लाजनीति हो। पद पाउन मरिहत्ते गर्ने पाएपछि नातावाद र भ्रष्टाचारमा लिप्त हुने ’ चिन्तित हुन्छन उनी । धेरै बर्षको राजनीतिक उत्तारचढाव खेपेका उनलाई यसपटकको संघीय निर्वाचनमा भने चितवनको क्षेत्र नम्बर २ (ख) बाट चुनावमा सहभागी हुने ईच्छा भएको र हालै मात्र समानुपातिक बाट आवेदन दिएका छन् । ‘म यसपटक क्षेत्र नम्बर २ (ख) बाट समानुपातिकमा नाम दर्ता गराएको छु ।

    यसमा पार्टीले मेरो आवश्यकता ठान्छ जस्तो लाग्छ मलाई’ उनको आशा अझै मरेको छैन । ‘पछिल्लो राजनीति घटना क्रम र परिवर्तनका कारण युवाहरु राजनीतिमा आकर्षण भईरहेका बेला पाण्डे जस्ता प्रजातन्त्रका सेनानी , अनुभवी, निष्ठावान नेतालाई पार्टीले एकपटक भएपनि मौका दिएर न्याय गर्लात ? त्यो भने हेर्न बाँंकी नै छ ।’

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.