चितवन । भरतपुर महानगरपालिका वडा नं. २२ पटिहानीमा गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २०७ जना लाभान्वित भएका छन् । वडा कार्यालयको आयोजना र चितवन मेडिकल कलेजको सहयोगमा आज (शनिबार) वडाबासीका लागि शिविर आयोजना गरिएको हो ।
बिषेशज्ञसहितको निःशुल्क शिविरमा स्त्री रोग, छाती, पेट, आँखा, भिडियो एक्सरे र सुगरको चेक गरिएको थियो । चेक निःशुल्क भए पनि औषधिमा भने सात प्रतिशत छुट गरिएको पटिहानी स्वास्थ्य चौकिका इन्चार्ज नवराज अधिकारीले जानकारी दिए ।
यस्तै भिडियो एक्सरेमा २०० र सुगर चेकमा ३० रुपैयाँ लिएको बताए । वडामा सबै कुरा निःशुल्क गर्ने बजेट नभएको र कलेजले पनि सबैको निःशुल्क परीक्षण गर्न नसक्ने हुदा थौरै रकम लिएर चेक गरिएको उनको भनाइ छ ।









