काठमाडौँ । देशभर आइतबार केही स्थानमा भारी बर्षाको सम्भावना छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहानदेखि कतिपय स्थानमा भारी वर्षा भइरहेको छ । देशका अधिकांश भूभागहरुमा सामान्य देखि पूर्ण बदली रही प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। आइतबार राति पनि देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








