काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४० जना उपचारपछि डिस्चार्ज भएका छन् । मुलुकभर ६ हजार ५४४ सक्रिय सङ्क्रमित छन् ।








