• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

जापानिज इन्सेफ्लाइटिसको महामारीसँगै चितवनमा उच्च सावधानी

  •   सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा जापानिज इन्सेफलाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ । रोक बढ्न नदिन विशेषज्ञ सावधानी अपनाईएको छ । हालसम्म नौ जनामा जापानिज इन्सिेफलाइटिसको संक्रमण पुष्टि भईसकेको छ । २२ जना शंकास्पद बिरामीको नमूना परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईका अनुसार जिल्लाको द्रुत प्रतिकार्य टोली (¥यापिड रेस्पोन्स टिम) लाई सक्रिय बनाईएको छ ।

    स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा हुने यो टोलीमा भरतपुर अस्पताल, दुई मेडिकल कलेज, निजी अस्पताल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि सदस्य हुने गर्दछन् । टोलीले जिल्लाका सबै पालिका र स्वास्थ्य कार्यालयमा महामारीमा आवश्यक पर्ने औषधिको मौज्दात (बफर स्टक) गर्ने निर्णय गरेर काम अघि बढाएको छ । स्थानीय सातै तहमा रहेका द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाईएको छ । कुनै पनि रोगको अप्रत्यासित बृद्धि भएको पाईएमा स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । सो टोलीले थप आवश्यक परेमा जिल्लाको टोलीसँग समन्वय गरेर आवश्यक सहयोग लिने गरी व्यवस्था मिलाईएको छ ।

    जिल्लाको टोलीले मुख्य अस्पतालहरु र स्थानीय तहका अस्पतालहरुलाई जापानिज इन्सेफलाटिससहित महामारीजन्य रोगको शंका देखिएमा दैनिक रिपोर्टिङ गर्ने व्यवस्था मिलाईएको छ । चपागाईका अनुसार विश्व स्वास्थ्य संगठनका चिकित्सकहरुसँग बसेर छलफल र तयारी गरिएको छ । उनीहरुसँगको छलफलमा कस्ता बिरामी निगरानीमा राख्ने भन्ने विषयमा पनि छलफल भएको छ । पालिकामा रहेका जापानिज इन्सेफलाटिसका बिरामीको अवस्थाको बारेमा निरन्तर अनुगमन गर्न भनिएको छ ।

    विश्व स्वास्थ्य संगठनका चिकित्सकहरुले ती बिरामी र आफन्तहरुलाई भेट गरी निरन्तर रुपमा अवस्था बुझ्ने काम गरिरहेका छन् । जिल्लाको टोलीले मुख्य मुख्य अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेडिकल विभाग प्रमुख, अस्पताल निर्देशकहरुसँग छलफल गरेर प्राविधिक पक्षको जानकारी र तयारीका विषयमा छलफल गरेको छ । पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुसँग जिल्लाको टोलीले छलफल गरेर तयारी रहन भनिएको छ । रोग फैलिन नलिन अपनाउनु पर्ने सावधानीका बारेमा पालिकाहरुले काम गरिरहेको उहाँ बताउनुहुन्छ । जिल्लाका ५ वटा पालिकामा एकै पटक नौ जनामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको हो ।

    भरतपुर महानगरपालिकाका ४ जना, माडी नगरपालिकाका दुई जना, राप्ती, रत्ननगर र कालिकाका नगरपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । साउन २० गते पहिलो पटक भरतपुर र माडीमा संक्रमण पुष्टि भएको थियो । गत साता एकै पटक सात जना थपिएपछि महामारीको अवस्था सिर्जना भएको हो । संक्रमित मध्ये पाँच जना महिला र चार जना पुरुष रहेका छन् । उनीहरु २९ देखि ७५ वर्ष उमेर समूहका रहेका छन् । निश्चित समय र भूगोलमा अनपेक्षित रुपमा अनुमानभन्दा बढी जापानिज इन्सेफलाइटिस संक्रमित देखिएमा त्यसलाई विश्व स्वास्थ्य संगठनले महामारीको परिभाषामा राखेको चापागाईले बताउनुभयो । जिल्लामा ९ जनामा प्रमाणित भएपछि समुदायमा २ हजार ७ सयमा संक्रमण रहेको छ भन्ने अनुमान गर्न सकिने उहाँको भनाई छ ।

    जापानिज इन्सेफलाइटिस सन् १९७८ मा नेपालको रुपन्देही जिल्लामा पहिलो पटक देखा परेको थियो । जिल्लामा शंकास्पद बिरामीको स्क्रिनिङ गरी नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाईने गरिएको उहाँको भनाई छ । चितवनमा सन् २०१८ मा १ जना, २०२० मा एक जना, २१ मा १ र सन् २२ मा (हाल) ९ जनामा यो रोगको संक्रमण देखिएको थियो । बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, वान्ता हुने, बेहोस् हुने, शरीर काम्ने, घाँटी अररो हुने जापानिज इन्सेफलाइटिसका लक्षणहरु हुन् ।

    जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टेले घोडा, सँुगुर, बंगुर, हाँस जस्ता पशुपक्षीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ । तर मानिसबाट मानिसमा भने यो रोग सर्दैन । जापानिज इन्सेफलाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्ने र लामखुट्टे नियन्त्रण गर्ने उद्देश्य उपाय हो ।

    त्यसैगरी बालबालिकालाई यो रोग विरुद्ध खोप लगाउने, संगुर, बंगुर, हाँस, घोडा जस्ता घरपालुवा जनावर व्यस्थित ढंगले पाल्ने, पशुपक्षीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ । जापानिज इन्सेफलाइटिस संक्रमण भएका ३३ प्रतिशतको मृत्यु हुने, ३३ प्रतिशत अपाङ्ग हुने र ३३ प्रतिशत निको हुने चिकित्सकहरुको भनाई छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.