गोरखा । गोरखामा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २८ वर्षिय रंजित गुरुङ पक्राउ परेका छन्। बारपाक सुलिकोट गाउँपालिका–५ का गुरुङलाई जिल्ला अदालत गोरखाबाट एक महिना ८ दिन कैद सजाय तोकिएको थियो। सवारी ज्यान मुद्धा लागेका गुरुङलाई कैद सँगै दुई हजार जरिवानाको फैसला जिल्ला अदालतले गरेको थियो । सजाय तोकिएपछि फारर रहेका गुरुङलाई गोरखा प्रहरीले आईतवार पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले बताउनुभयो । गोरखा प्रहरीले साउन यता ८ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ।








