हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिँदै गएको देखिएको छ । आईतबार प्रदेशमा हालसम्मकै धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा यहाँको ९ जिल्लामा १ सय ३७ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । शनिबार प्रदेशमा ८३ जनामा कोरोना भाइरस संकमण पुष्टि भएको थियो । आईतबार थप हुुनेहरुमा काठमाण्डौंका ९० जना,मकवानपुरका २३ जना,सिन्ध्लीका ८ जना,चितवन ७ जना,नुवाकोटका ४ जना,ललितपुरका २ जना र धादिङ,रामेछाप र सिन्धुपाल्चोकका १र१ जना गरि १ सय ३७ जना रहेका छन् । यो संगै बागमती प्रदेशमा कारोना पुष्टि हुनेको संख्या १७ सय ७४ पुगेको छ । हालसम्म ११ संकमितको मृत्यु भएको छ भने ६ सय ३ संक्रमित उपचार पछि निको भई घर फर्किएका छन् ।








