चितवन । चितवनमा डेङ्गुका तीन सय ४३ जना बिरामी भेटिएका छन् । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म तीन सय ४३ जनामा डेन्ङु संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार यो अवधिमा दुई हजार ५२८ जनामा डेन्ङु परीक्षण गरिएको थियो ।
पुष्टि भएका मध्ये दुई सय एक जना मात्रै चितवनका हुन् । ८८ जना संक्रमित जिल्ला बाहिरका हुन् भने ५९ संक्रमितको ठेगाना खुल्न नसकेको कार्यालयले जानकारी दिएको छ । चितवनका दुई सय एक जना मध्ये पुरुष एक सय १३ र महिला ८८ जना रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिका भित्र मात्रै एक सय २७ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । खैरहनी नगरपालिकामा ३०, माडीमा चार, रत्ननगरमा २८, राप्तीमा आठ र कालिकामा तीन जना डेङ्गुका बिरामी भेटिएका छन् ।
चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा एक जनामा मात्रै डेङ्गु पुष्टि भएको छ ।








