गण्डकी प्रदेश कोरोनाको जोखिममा नरहेको प्रदेशको स्वास्थ्य निर्देशनालयका डा बिनोद विन्दु शर्माले बताए । उनले कोरोनाको जोखिम हुन नदिन काम भइरहेको बताए ।चीन र भारतको नजिकमा रहेको प्रदेशमा जोखिम हुन नदिन बोर्डरमा सुरक्षाको लागि सरकारी पहल र स्वास्थ्यकर्मीको उपस्थिती बाक्लो बनाइएको र आउने व्यक्तिको स्वास्थ्य परिक्षण भईरहेको बताए । डा. शर्माले अहिले सम्म ६ वटा नमुना संकलन भएकोमा सवै नेगेटिभ नतिजा आएको जानकारी दिए।
नवलपुरमा चलिरहेको नारायणगढ वुटवल सडक खण्डमा कार्यरत चीनीया कामदार र होङ्सी सिमेन्ट कम्पनिमा निगरानी बढाउने काम भइरहेको उनको भनाई छ । पोखरामा ५ वटा अस्पतालमा ९० वटा बेडको आइसोलेशन कक्ष तयार पारिएको र थप आइसोलेशन कक्ष स्थपना र सावधानी बारे आज थप निर्णय हुने समेत शर्माले जानकारी दिए ।
कोरोना परिक्षणका लागि ल्याब निर्माणको काम चलिरहेको समेत शर्माले जानकारी दिए । परिक्षणको लागि पिसिआर मेसिन, ल्याव प्रयोगशाला आवश्यक पर्ने भएकाले ल्याब निर्माण पश्चात कोरोना परीक्षण गण्डकी प्रदेशमा नै गर्ने तयारीमा लागिरहेको डा शर्माको भनाई छ ।
बिजय एफएमबाट








