• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

देउवालाई जुम्ला उपसभापति बुढाको पत्र- निर्वाचनमा शत्रुसँग लड्नुको शान र मान बेग्लै छ

  •   शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुगु  । पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांंग्रेसमा निर्वाचन नजिकिँएसँगै असन्तुष्टि बढेको छ । संस्थान पक्ष र संस्थापन ईतरका नेता कार्यकर्ताहरु यति खेर केन्द्रमा रहेका आफ्ना पक्षका शीर्ष नेता माझ भेटघाटमा ब्यस्त रहेका छन् । चुनाव नजिँकिदै जाँदा जिल्लाबाट संघ र प्रदेशमा सिफारिस भएका नेताहरु टिकट पाउन दौडधूपमा रहेका छन् ।

    जिल्लाबाट सिफारिस भएकालाई पनि टिकट पाउन सकस छ । किनकी केन्द्रले आफू खुसी निर्णय गर्ने डर उनीहरुलाई छ ।

    नेपाली काँग्रेस जुम्लाका उपसभापति कार्मा बुढा  आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं क बाट  सिफारिस भएका छन् ।

    उनलाई प्रदेश निर्वाचन समानुपातिक तर्फको उम्मेदवारमा नेपाली काँग्रेस जिल्ला समिति जुम्लाले सिफारिस गरेको हो ।  यति बेला सत्तारुट दलका नेताहरु सिट बाँडफाँडमा केन्द्रित रहेका छन् । दलहरुले सिट बाँडफाड गर्दा कतिपय लाई चित्त पनि बुझेको छैन । नेपाली कांग्रेस जुम्लाका उपसभापति तथा प्रदेश क समानुपातिक बाट सिफारिस भएका कार्मा बुढाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । उपसभापति बुढाले देउवालाई लेखेका छन् बहुमतको दम्भ नदेखाउनु होस् ।

    आदणीय शेर बहादुर दाई
    जय नेपाल

    तपाईलाई दम्भ होला नेपाली काग्रेंस केन्द्रीय कार्य समितिको बहुमत संख्या बिजयी भएकोमा , तर नेपाली काग्रेंस समग्र काग्रेंसी जनको पवित्र मन्दिर हो र तपाईं मुख्य पुजारी …. पुजारीले प्रसाद बाड्दा मेरोलाई बढी र अर्काको लागि कम भन्ने व्यवहार पक्कै पनि गर्नु हुन्न र गर्दा पनि सुहाउँदैन,

    पार्टीलाई एक ढिक्का बनाएर लिने जिम्मा तपाईंको हो, अहिले पो गठबन्धन गरौंला , सायद हजुरलाई कति थाहां छ ? काग्रेंस खोजी खोजी…. अरूलाई रोजी रोजी भन्ने दिन नआएको होईनन, सयौं काग्रेंसी जनहरूको रगत काग्रेंस भएकै कारणले बगे, सयौं बालबालिका टुहुरा भए, सयौं आमाहरूको कोख उज्रियो, सयौं आमाहरूको सिन्दुर पुछियो भने हजारौं घरबारविहीन भए हुन त तपाईंलाई के हेक्का होला ।

    निर्वाचनमा शत्रु सगं एक्लाएक्लै लड्नु को शान र मान अलग्गै छ, हामी आफ्नै पार्टी भित्र का दाजुभाइ सगं गुटका नाममा सौतेना व्यवहार गर्न तयार छौ तर शत्रु सगं अगांलो मारेर हिडि रहेका छौ ।

    यसैलाई राजनीति भनिन्छ ? यसैका लागि महामानव वी.पी कोईराला, सन्त नेता कृष्णप्रसाद भट्टराई, लौहपुरूष गणेशमान सिहं लगायतका हजारौं नेता तथा कार्यकर्ताहरूको रगत र पसिना बगेको हो र ? अब हाम्रो पार्ना नै नेपाल कम्युनिस्ट पार्टी समाजवादी काग्रेंस भन्दा के फरक पर्ला कम्युनिस्टहरूको बैशाखी लगाई हिड्नु पर्ने भए  अब…….. .

    बैशाखी लगाउनु भन्दा पार्टी भित्र को मनमुटावको अन्त गर्न पार्टी सभापति भएकै कारणले तपाईले अभिभाकत्व लिन जरुरी छ दाई, भाई फुटे गवांर लुटे भन्ने उखान त सुनेकै छौ दाई  पार्टी भित्र भाईचाराको सम्बन्ध कायम गर्दै सबैले सबै को अस्तित्व स्विकार गर्न जरुरी छ दाई,

    निर्वाचन प्रतिपक्ष सगं लड्ने हो, शेखर दाई सहित सबै नेताको परामर्शमा असल नेताहरूको चयन गर्न जरुरी छ दाई,  ससंदमा जाने सदस्यलाई क ख रा सिकाउनु पर्ने पनि त होईन होला नि, सबैको अस्तित्व राख्दै छलफल सहित समानुपातिकको, प्रत्यक्ष उम्मेदवारहरूको नाम  ३६४ दिन काग्रेंस हुने ६५ ओै दिनमा हराउनेहरू होईन, हाम्रो होईन राम्रो मान्छे उम्मेदवार चयन गरियोस् भनि अनुरोध गर्न चाहान्छु, कसैले कसैलाई कमजोर नठानियोस् आगोको झिल्को सानो हुन्छ तर शहर तहस नहस पार्न प्रयाप्त  हुन्छ, समयमै ध्यानाकर्षण होस् अनुरोध ।।।

    जय नेपाल
    कार्मा बुढा
    उपसभापति जुम्ला

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.