• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मादलमै परनिर्भर वादी समुदाय

  •   सोमबार, असोज १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुुदाय केही वर्ष अघिसम्म मादल बनाएर गाउँघर डुलाउँदै बेच्थे । यो उनीहरूको पुख्र्यौली पेसा हो । तर, पछिल्लो समय त्यहाँका वादी समुदायले पुख्र्यौली पेसा छोड्दै गएका छन् । स्थानीय मना वादीले मादल बनाउने पेसा नै संकटमा परेको बताइन् । उनी भन्छिन्, ‘मादल बनाउने हाम्रो पुख्र्यौली पेसा हो, अहिले केहीबाहेक अधिकांशले यो पेसा छोडिसकेका छन् । व्यावसायिक रूपले फाईदा नहुने देखिएपछि विस्तारै वादी समुदायमा मादल बनाउन छोडिएको हो ।

    हाल पटाङ्गिनि दीर्घ वादीले मात्र मादल बनाउने काम गर्छन् । उनी एक्लैले पुख्र्यौली पेसाको काम गरिरहेका हुन् । मादलको माग तीज र तिहारमा बढी हुने गरेको दीर्घले बताए । मादल बनाएर मात्र जीविकोपार्जन गर्नै कठिन भएपछि वादी समुदायको यसप्रति आकर्षण पनि घटेको हो । दीर्घ भन्छन्, ‘कुनै बेला यो हाम्रो बालीघरे पेसा थियो । मादल दिएर त्यसको सट्टा जुन सिजनमा जे बाली पाक्छ त्यसकै अन्न ल्याइन्थ्यो । मेहनत बढी र कमाइकाज कम हुने भएकाले अहिले धेरैले पेसा छोडिसके ।’ अबका पुस्ताले यो पेसामा लाग्नै सरम मान्ने गरेको उनी बताउँछन् । नयाँ पुस्तालाई मादल बनाउने सीपको हस्तान्तर नहुँदा वादी समुदायको सिल्पकला नै हराएर जाने देखिएको सोही समुदायका अग्रजहरू बताउँछन् । ६७ वर्षीय दीर्घले मादल बिक्री नै नहुने भएपछि पछिल्लो पुस्ताको यसमा रुचि नगएको हो ।

    मादल चाडपर्वको समयमा फाट्फुट विक्री भएपनि अरु बेला बिक्दैन । पछिल्ला वर्षहरूमा बर्सेनि मादलको माग घट्दो छ । पुख्र्यौली पेसा संकटमा परेकोप्रति वादी समुदायका अगुवाहरू चिन्तित छन् । उनीहरूका अनुसार मादलको व्यापार घट्नुको मुख्य कारण यसको प्रयोगमा कमी आउनु हो । चाडपर्वमा प्रदर्शन गरिने कला संस्कृतिसमेत औपचारिकतामा सीमित हुन थालेसँगै बाद्यबाधनका सामग्रीको प्रयोग निकै घटेको छ । अहिले मादल बनाउने कच्चा सामग्रीको उस्तै अभाव छ । मादलका लागि लाम्पाते, पटमेरो, सिरिस, उत्तिसजस्ता रुखको काठ आवश्यक पर्छ । मादल बनाउन काठ र छालालगायतका सामग्री सहजै नपाउने भएपछि पेसामा थप चुनौती देखिएको छ ।

    पछिल्ला पुस्ताले मादल बनाउन छोडेपछि अहिले विदेशबाट आयात गरिएका मादलले बजार लिएको छ । स्थानीय उत्पादन नहुँदा मादलमा समेत परनिर्भर बन्ने अवस्था आएको हो । दसैँ सुरु भएपछि वीरेन्द्रनगरमा भारतको उत्तराखण्डबाट ल्याइएका मादल बिक्री वितरण भइरहेका छन् । गतवर्षसम्म छिट्फुट मात्र बाहिरबाट मादल आउने गरेपनि यो वर्ष बजारमा भारतमा बनाइएका मादल जहाँत्यही बेच्न राखिएको छ । ती मादल भारतीय नागरिकले नै बजारदेखि गाउँसम्म डुलाउँदै बिक्री गर्ने गरेका छन् ।

    भारतको उत्तराखण्डबाट मादल बेच्न वीरेन्द्रनगर आएका मोहामत जफरले व्यापार राम्रो भइरहेको बताए । ‘दिनमा ५०÷६० वटासम्म बिक्री भएका छन्,’ उनले भने, ‘यहाँको चलेको रेटभन्दा दुुई चार सय कममा बिक्री गरिरहेका छौँ ।’ जानकारहरूका अनुसार केही सस्तोमा पाइए पनि यहाँ बन्ने मादलजस्तो गुणस्तर भारतबाट ल्याइएका मादलमा छैन । वीरेन्द्रनगरमा स्टेसनरी  व्यवसाय गर्दै आएका शेरबहादुुर खड्का आफूले काठमाडौंबाट मादल खरिद गरेर विक्री गर्ने गरेको बताए । उनका अनुसार धेरै जसो मादलको माग तिहारमा हुन्छ । उक्त समयमा भजन, मण्डली र देउसीभैलोमा मादलको बढी प्रयोग गरिन्छ । खड्काले स्थानीय रूपमा उत्पादन नहुने भएकाले व्यवसायीहरूले मादल बाहिरबाट खरिद गरेर बेच्नुपर्ने बाध्यता छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.