• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ह्विलचियरले अपाङ्गता भएकाहरूमा ल्याएको खुसी

  •   बुधबार, असोज १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । सोमबार बेलुका महोत्तरीको बर्दिबासमा गौरीबास-काठमाडौ सेवा समाजले दिएको ह्विलचियरमा राखेर पुर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ध्रुव गौतमलाई यताउता डुलाए । नयाँ ह्विलचेयरमा बसेर गौतम डुल्न पाउँदा निक्कै खुसी देखिन्थे । उनी उमेरले ५५ बर्ष भए । जन्मजात अपाङ्गता भएका गौतम ५५ वर्षदेखि नै थलामा छन् । दिशा, पिसाब गरेको समेत थाहा नपाउने भएपछि उनलाई चार वर्षदेखि बाख्राको खोरमा राखिएको छ ।

    उनले नेपाल सरकारले प्रदान गर्ने क श्रेणीको भत्ता त पाउँछन् तर गौतमका माइला दाइ विश्वनाथ गौतम पनि अपाङ्ग छन् । दुई भाइ अपाङ्ग भएपछि उनीहरुको कान्छा भाइ रामप्रसाद गौतमलाई निक्कै दु:ख छ । झण्डै चार दशक अगाडि सिन्धुलीको केहरेबाट आएका उनीहरु बर्दिबास-३ स्थित गौरिडाडामा बस्दै आएका छन् । उनीहरुका चार दाजुभाइमध्ये अर्को एक जना दाइ सिन्धुलीमा बस्दै आएका छन् । दुई अपाङ्ग दाजुभाइको स्याहारसुसारको जिम्मेवारी कान्छा भाइ रामप्रसाद गौतमले नै बोकेका छन् ।

    गौरिवास-काठमाडौ सेवा समाजले दिएको ह्विलचियर पाएपछि अपाङ्गता भएका दाइलाइ मात्रै सहज त भएको छैन स्याहारसुसार गर्ने भाइ रामप्रसादलाइ पनि राहत भएको छ । पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको विशेष पहलमा ध्रुव गौतम जस्तै सोमबार अन्य ३ जनाले ह्विलचियर पाए । पोखरेलले घर-घरमा नै पुगेर ह्विलचियर मात्र वितरण गरेनन । प्रत्येकलाई ह्विलचियरमा हाले अनि यताउता डुलाए । उनलाई वडा अध्यक्ष बिराट बिष्टले साथ दिए ।

    कतिपय काम गर्दागर्दै अपाङ्ग बनेका थिए भने कतिपय जन्मजात । बर्दिबास-३ स्थित पाटुमा बस्ने कबिता खडकाको भने अली फरक कथा छ । घरमा लिपपोत गर्न माटोको ढिस्कामा पुरिएर कविताले कम्मरदेखि तलको भाग गुमाइन । उनको ढाड र मेरुदण्ड नै भाचिएपछि कम्मरदेखि तलको भाग चल्दै नचल्ने भएको छ । ह्विलचियरको साहारामा खड्काले यताउता डुल्न पाउने भएपछि निक्कै सहज वन्ने आत्मविश्वास ब्यक्त गरिन । कविताजस्तै रजावास र कालापानीका कुलबहादुर बराल र कर्णबाहादुर पुलामीले पनि ह्विलचियर पाए ।

    तर उनीहरु गौतमको जस्तो जन्मजात अपाङ्ग भने होइनन् । बराल उमेरले ८० बर्ष भए बुढ्यौलीको समस्या नै बरालको लागी ह्विलचियर साहारा बन्यो । यसको जरुरत गौरिबास-काठमाडौले परिपुर्ति गरेको छ । कर्णबहादुर र कुलबहादुरको उस्तै समस्या हो । तर, दशैको अघिल्लो दिन दिएको ह्विलचियर सबै जनाको लागी निक्कै उपयोगी सावित भएको छ । यसअघि पनि गौरिबास-काठमाडौ सेवा समाजले १६ वटा ह्विल चियर वितरण गरेको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.