काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६८।४ प्रतिशत संक्रमित निको भएका छन् । मुलुकभर ७ हजार ६१३ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा १० हजार ४८१ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । योसँगै हालसम्म ४ लाख ७१ हजार १७९ जनाको नमूना परिक्षण गरिएको छ ।








