• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बारामा प्रदेश तथा प्रतिनिधिसभाका लागि १८६ जनाको उम्मेदवारी दर्ता

  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बारा । आगामी ४ मंसिरमा  हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि बारामा केही स्वतन्त्रसहित १८६ जनाको उम्मेदवारी परेको छ ।
    प्रतिनिधि सभामा ७१ जना, प्रदेश सभा ’क’ मा ५६ र ’ख’ मा ५९ जना गरी १८६ जनाको उम्मेदवारी परेको हो । तीमध्ये स्वतन्त्र उम्मेदवारको संख्या ८४ छ ।

    चार प्रतिनिधिसभा सदस्यका लागि ७१ जनाको उम्मेदवारी परेकोमा ३० जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै आठ प्रदेशसभा सदस्यका लागि ११५ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या ५४ छ ।

    बारा १
    बारा १ मा केही स्वतन्त्रसहित ४६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १८ जना, प्रदेश सभा ’क’ मा १३ र ’ख’ मा १५ जना गरी ४६ जनाको उम्मेदवारी परेको हो । तीमध्ये स्वतन्त्र उम्मेदवारको संख्या २० छ । एक प्रतिनिधिसभा सदस्यका लागि १८ जनाको उम्मेदवारी परेकोमा ६ जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै दुई प्रदेश सभा सदस्यका लागि २८ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १४ छ ।

    प्रतिनिधि सभा सदस्य
    सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । एमाले जसपाकाबाट अच्युतप्रसाद मैनालीले उम्मेदवारी दर्ता गराएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्तबहादुर दर्लामीको उम्मेदवारी दर्ता भएको छ भने हाम्रो नेपाली पार्टीबाट राकेश न्यौपानेले नामको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्तबहादुर दर्लामीको उम्मेदवारी दर्ता भएको छ ।

    मंगोल नेसनल अर्गनाइजेसनबाट महेन्द्र चौधरी र नेपाली कांग्रेस बीपीबाट धर्मेन्द्र प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।

    नेपाल लोक्तान्त्रिक पार्टीबाट मोजहर हुसेन मन्जुर, राप्रपा नेपालबाट शिवप्रसाद तिमल्सिना, नेपाली जनता पार्टीबाट प्रदिपकुमारप्रसाद साह कलवार, नागरिक अन्मुक्ति पार्टीबाट भुवनप्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश धिमाल र जनमत पार्टीबाट मनोजकुमार थारुले उम्मेदवारी दर्ता गराएका छन् ।  प्रतिनिधिसभामा स्वतन्त्र रूपमा अनिलकुमार गुप्ता, कृष्णराज गिरी, धर्मेन्द्रकुमार साह, शिवप्रसाद रिजाल, अनवर अन्सारी र चनकराज भट्टराईको उम्मेदवारी परेको छ ।

    बारा १ क प्रदेश सभा 
    सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका रमेशप्रसाद दंगाल र एमालेबाट मधेस प्रदेशका सदस्य त्रिलोकी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
    हाम्रो नेपाली पार्टीबाट भेषबहादुर ढकाल, नेपाल सुशासन पार्टीबाट दामोदर परुहर, नागरिक अन्मुक्ति पार्टीबाट राधाकुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, मंगोल नेसनल अर्गनाइजेसनबाट मदनबहादुर बम्जन र जनमत पार्टीबाट युवराज मैनालीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा ’क’ मा स्वतन्त्र रूपमा शिवनारायण थारु, जयमंगल चौधरी, देवराज घिमिरे, एकबहादुर क्षेष्ठ र सन्नी लामाको उम्मेदवारी परेको छ ।

    बारा १ ख प्रदेश सभा
    सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्र साह कानु र जनता समाजवादी पार्टीबाट मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपा नेपालबाट जोखु साह कानु, एकीकृत समाजवादीबाट बतहु राय यादव, नागरिक अन्मुक्ति पार्टीबाट उमेशप्रसाद कलवार र जनमत पार्टीबाट सीताराम प्रसाद नेपालीले उम्मेदवारी दर्ता गराएका छन् ।
    प्रदेश सभा ’ख’ मा स्वतन्त्र रूपमा राकेशकुमार कुशवाह, अशोककुमार यादव, अरुण कुशवाहा, कमरुल्लाह अन्सारी, जयन्तकुमार कुशवाह, राजकुमारप्रसाद साह, सञ्जययप्रसाद यादव, विन्देश्वर यादव र प्रभुदास तव्माको उम्मेदवारी परेको छ ।

    बारा २
    बारा २ मा केही स्वतन्त्रसहित ४७ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १५ जना, प्रदेश सभा ’क’ मा १५ र ’ख’ मा १७ जना गरी ४७ जनाको उम्मेदवारी परेको हो । तीमध्ये स्वतन्त्र उम्मेदवारको संख्या २९ छ ।
    एक प्रतिनिधिसभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेकोमा नाैजना स्वतन्त्र उम्मेदवार छन् । दुई प्रदेश सभा सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या २० छ ।

    प्रतिनिधि सभा सदस्य
    एमाले जसपा गठबन्धनका तर्फबाट जसपाका नेता रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टीबाट मेरोलालप्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रवीन्द्रप्रसाद जसवाल, माअ‍ेवादी केन्द्रबाट शिवचन्द्रप्रसाद कुशवाह, नेपालका लागि नेपाली पार्टीबाट शेख ओली आलम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनालालप्रसाद साह तेलीले उम्मेदवारी दर्ता गराएका छन् ।  प्रतिनिधिसभामा स्वतन्त्र रूपमा अरुणकुमार ज्ञवाली, जितेन्द्रप्रसाद यादव, प्रशान्तकुमार यादव, विनोदकुमार यादव, मंजारुल अंसारी, रवफन्द्रप्रसाद यादव, रामकिशोरप्रसाद यादव र शम्भु साद साहको उम्मेदवारी परेको छ ।

    २ क प्रदेश सभा 
    एमालेबाट बलवीर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट मोतीलाल प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।
    नेपाल लोकतान्त्रिक पार्टीबाट के एस फिजिसन, नेपालका लागि नेपाली पार्टीबाट जगदेव महतो कोइरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देवानन्द सहनी र जनमत पार्टीबाट रामाशंकरप्रसाद कुशवाहले उम्मेदवारी दर्ता गराएका छन् ।
    प्रदेश सभा ’क’ मा स्वतन्त्र रूपमा अनुरुद्र राउत, कामेश्वरप्रसाद यादव, दिपेन्द्रप्रसाद यादव, धर्मलालप्रसाद यादव, राजेशप्रसाद यादव, लक्ष्मण राउत अहिर, वीरेन्द्रप्रसाद यादव, उषाकुमारी यादव र शारदाशंकरप्रसाद कलवारको उम्मेदवारी परेको छ ।

    २ ख प्रदेश सभा
    सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्र साह कानु र जनता समाजवादी पार्टीबाट मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपा नेपालबाट जोखु साह कानु, एकीकृत समाजवादीबाट बतहु राय यादव, नागरिक उन्मुक्ति पार्टीबाट उमेशप्रसाद कलवार र जनमत पार्टीबाट सीतारामप्रसाद नेपालीले उम्मेदवारी दर्ता गराएका छन् ।
    प्रदेश सभा ’ख’ मा स्वतन्त्र रूपमा अजयकुमार यादव, ओमप्रकाशप्रसाद यादव, ओमप्रवेश शर्मा, देवेन्द्रप्रसाद गिरी, नवलकिशोर प्रसाद, प्रभुनाथ राउत, भरतप्रसाद साह, महेश्वरकुमार उपाध्याय, रामएकबालप्रसाद यादब, सुरेशकुमार यादव र सुनिलकुमार पंडितको उम्मेदवारी परेको छ ।

    बारा ३
    बारा ३ मा केही स्वतन्त्रसहित ४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १८, प्रदेश सभा ’क’ मा १५ र ’ख’ मा १२ जना गरी ४५ जनाको उम्मेदवारी परेको हो । तीमध्ये स्वतन्त्र उम्मेदवारको संख्या १५ छ । एक प्रतिनिधिसभा सदस्यका लागि १८ जनाको उम्मेदवारी परेकोमा पाँचजना स्वतन्त्र उम्मेदवार छन् । यस्तै दुई प्रदेशसभा सदस्यका लागि २७ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १० छ ।

    प्रतिनिधिसभा
    सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका लालबाबुसिंह भुइँहार र एमालेबाट ज्वालाकुमारी साहले उम्मेदवारी दर्ता गराएकी छन् । विवेकशील साझा पार्टीबाट अमिरी साह तेली, नेपाल जनता पार्टीबाट गोपाल दास, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, एकीकृत शक्ति नेपालबाट नरेशकुमार चौलागाई, मंगोल नेसनल अर्गनाइजेसनबाट नुर महमद हवारी धोवी, नेपाल मजदुर किसान पार्टीबाट महमुदिन मिया अन्सारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजेन्द्रप्रसाद जैसवार, जनमत पार्टीबाट राधिकादेवी साह, जनता समाजवादी पार्टी नेपालबाट रामबाबुकुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपनारायण ठाकुर लोहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरेन्द्र शर्माले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा स्वतन्त्र रूपमा इन्द्रदेव महतो, कलामुदीन अन्सारी, दिनेश्वर झा, मनोज पण्डित कुम्हार र रामकृष्ण साहको उम्मेदवारी परेको छ ।

    ३ क प्रदेश सभा
    सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मुकेश साह र एमालेबाट रवीन्द्र दास श्रोष्ठले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टी नेपालबाट भरतबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलिराम राउत पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट बलिराम हजरा दुसाद, नेपाल मजदुर किसान पार्टीबाट भुण्टा माझी, जनमत पार्टीबाट मदनप्रसाद साह, मंगोल नेसनल अर्गनाइजेसनबाट मेघबाहादुर गोले, हाम्रो नेपाली पार्टीबाट शिवनाथप्रसाद पटेल र नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्रप्रसाद साह तेलीले उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रदेश सभा ’क’ मा स्वतन्त्र रूपमा दिपककुमार बराल, दिलीपकुमार साह, ध्रुवप्रसाद यादव, नारायण क्षेत्री र शिवनाथप्रसाद पटेलको उम्मेदवारी परेको छ ।

    ३ ख प्रदेश सभा
    सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका जयचन्द्रप्रसाद चौरसीयाले उम्मेदवारी दर्ता गराएका छन । एमालेबाट माेहम्मद समिरले उम्मेदवारी दर्ता गरेका छन् भने जनता समाजवादी पार्टीबाट पारसप्रसाद साहले उम्मेदवारी दर्ता गराएका हुन् ।
    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशप्रसाद जैसवार, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रिकाप्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनोज साह तेली र जनमत पार्टीबाट सन्ताेषप्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।
    प्रदेश सभा ’ख’ मा स्वतन्त्र रूपमा प्रदीपप्रसाद यादव, प्रमिला गिरी, बाचालाल साह कानु, बुधनप्रसाद यादव र सुरेशकुमार मोदकको उम्मेदवारी परेको छ ।

    बारा ४

    बाराको क्षेत्र नम्बर ४ मा केही स्वतन्त्रसहित ४६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा २० जना, प्रदेश सभा ’क’ मा १३ र ’ख’ मा १५ जना गरी ४८ जनाको उम्मेदवारी परेको हो । ती मध्ये स्वतन्त्र उम्मेदवारको संख्या २० छ । १ प्रतिनिधिसभा सदस्यका लागि २० जनाको उम्मेदवारी परेकोमा १० जना स्वतन्त्र उम्मेदवार छन् । यस्तै २ प्रदेशसभा सदस्यका लागि २८ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारको संख्या १० छ ।

    प्रतिनिधि सभा सदस्य
    सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ र एमालेका एकवाल मियाँले उम्मेदवारी दर्ता गराएका छन् ।
    नेपाल सदभावना पार्टीबाट खेदू महतो धानुक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जलिल देवान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवन चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रोहनकुमार, जनता प्रगतिशील पार्टी, नेपालबाट श्रीनिवास महतो, हाम्रो नेपाली पार्टीबाट सन्तोषकुमार गुप्ता, विवेकशील साझा पार्टीबाट सुनिलप्रसाद साह कलवार र जनमत पार्टीबाट हरिप्रसाद कुर्मीको उम्मेदवारी दर्ता भएको छ ।

    प्रतिनिधिसभामा स्वतन्त्र रूपमा इच्छाबहादुर वाग्ले, किशोरीलाल कुर्मी, गोविन्दप्रसाद मण्डल, दिनेशप्रसाद भेडिहर, नेमराजप्रसाद जैसवाल, पूर्णप्रसाद पन्थ, रामकृष्ण तिवारी, रामश्रेयप्रसाद कुश्वाहा, हरि महरा र हरिनारायण सहनी मलाहको उम्मेदवारी परेको छ ।

    ४ क प्रदेश सभा
    सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ र एमालेबाट देवनारायण थारुले उम्मेदवारी दर्ता गराएका छन् ।
    जनमत पार्टीबाट गणेश साद यादव, विवेकशील साझा पार्टीबाट डम्बरबहादुर खत्री, नेपाली कांग्रेस बीपीबाट द्वारिका श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट नन्दालाल राउत, जनता प्रगतिशील पार्टी नेपालबाट मारकन्डे प्रसाद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यमकुमार जर्का मगर र हाम्रो नेपाली पार्टीबाट सन्ताेष कुश्वाहाले उम्मेदवारी दर्ता गराएका छन् ।
    प्रदेश सभा ’क’ मा स्वतन्त्र रूपमा अनिलकुमार साह, कृष्णप्रसाद चौलागाई, नारायणी रायमाझी र महेन्द्रप्रसाद थारुको उम्मेदवारी परेको छ ।

    ४ ख प्रदेश सभा
    सत्ता गठबन्धनका तर्फबाट लाेसपाका नेता जितेन्द्रप्रसाद सोनल र जनता समाजवादी पार्टीबाट आत्मारामप्रसाद साहले उम्मेदवारी दर्ता गराएका छन् ।
    जनता प्रगतिशील पार्टी, नेपालबाट छोटेलालप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपेन्द्रकुमार कलवार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट देवबाबुप्रसाद कुर्मी, विवेकशील साझा पार्टीबाट धनन्जयप्रसाद यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रभुप्रसाद गुप्ता, हाम्रो नेपाली पार्टीबाट लक्ष्मीनारायण महतो र जनमत पार्टीबाट सुरेश प्रसादले उम्मेदवारी दर्ता गराएका छन् ।
    प्रदेश सभा ’ख’ मा स्वतन्त्र रूपमा अजयकुमार गुप्ता, उमेशकुमार कुश्वाहा, केदारप्रसाद तेली, मोजाइद अन्सारी, राजकुमार राम र  राजु देवानको उम्मेदवारी परेको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.