file photo
काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे कोरोना भाइरस मुक्त भएका छन्। बुधबार आएको पिसिआर रिपोर्टमा संक्रमण मुक्त देखिएको पाण्डेले जानकारी दिए । वैज्ञानिक वनका बारेमा स्थलगत अनुगमनमा तराईका विभिन्न जिल्ला पुगेर फर्किएका पाण्डेमा संक्रमण देखिएको थियो । यसक्रममा पाण्डे बागमती प्रदेशसभा सचिवालय पनि पुगेका थिए । उनमा कोरोना पोजेटिभ देखिएपछि यहाँ पनि सतर्कता देखाइएको थियो । संसदीय अध्ययन उपसमितिका संयोजक प्रदीप यादव पनि कोरोना संक्रमण भइ मुक्त भएका छन् ।








