• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लुम्बिनीमा एमालेबाट मुख्यमन्त्रीको दौडमा लिला गिरी

  •   मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल ।लुम्बिनी प्रदेशसभा सदस्यमा उम्मेदवारी मनोनयनसँगै एमालेबाट सम्भावित मुख्यमन्त्रीको परिदृश्य देखिएको छ । एमाले पोलिटब्यूरो सदस्य लिला गिरी मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा प्रतिस्पर्धामा उत्रिएका छन् ।

    यसअघिको प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका गिरी एमालेले अहिले उठाएका उम्मेदवारमा सबैभन्दा सिनियर हुन् । उनले रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट उम्मेदवारी दिएका छन् । एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीको अबको प्रयास मुख्यमन्त्री बन्ने रहेको छ । अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट उम्मेदवारी दिएका छन् । उनी पनि एमाले लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्ज छन् ।

    ‘प्रदेशसभामा सांसद र मन्त्री भई निष्कलंक छविको रुपमा परिचय बनाएका व्यक्ति प्रदेशसभा सांसद मात्र हुन प्रदेशमा फेरि जाने कुरा भएन’, उनीनिकट एक नेताले भने, ‘प्रदेशमै एमालेको सरकार बन्ने अवस्था आएमा गिरी नै मुख्यमन्त्रीका लागि सम्भावित दावेदार हुन् ।’

    गिरी २०६४ सालको संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार भई कांग्रेस नेता बालकृष्ण खाणसँग थोरै मतले पराजित भएका थिए । गत प्रदेशसभाको निर्वाचनमा उनी क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाटै विजयी भएका थिए ।

    एमालेले यो क्षेत्रमा जसपा र राप्रपासँग चुनावी तालमेल गरेको छ । ‘काम गरिरहेको ठाउँमा अझै भूमिका बढाउँ भन्ने लागेको छ । तर, पार्टीले गर्ने निर्णयमा हिँड्नुपर्छ,’ गिरीले भने ।

    लुम्बिनीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यत्रय जोखबहादुर महरा, सुदर्शन बराल र वामदेव क्षत्री मुख्यमन्त्रीका सम्भावित दावेदार हुन् । कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रदेश सभापति अमरसिंह पुन र हालका प्रदेशमन्त्री डिल्ली चौधरी मुख्यमन्त्रीका प्रमुख आकांक्षी हुन् ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी पनि सके प्रतिनिधिसभामा, नभए मुख्यमन्त्रीको सुनिश्चितासहित प्रदेशसभामै चुनाव लड्न चाहन्थे । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले टिकट पाए ।

    गत निर्वाचनमा निर्वाचित भएको रोल्पा (क) कांग्रेसको भागमा परेपछि केसीले रोल्पा (ख) मा जाने प्रयास गरेका थिए । तर, माओवादी केन्द्रले उक्त क्षेत्रमा जोखबहादुर महरालाई टिकट दियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.