चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द गर्ने निर्णय भएको छ । अस्पताल संचालक समितिले अर्को सूचना जारी नभए सम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो । स्त्री रोग सेवा, डायलाइसिस र इमर्जेन्सी सेवा बाहेकका अन्य सेवाहरु बन्द हुने अस्पताल स्रोतले जानकारी दिएको छ । आज (बिहिबार) अस्पतालमा कार्यरत २० जनाको स्वाब परीक्षणका लागि पठाउने तयारी भैरहेको छ भने अन्य कर्मचारीको आइतबार परीक्षण हुने बताइएको छ । सबै कर्मचारीको परीक्षण रिपोर्ट आएपछि मात्र अस्पताल पूर्णरुपमा संचालनमा आउने अस्पताल स्रोतले जनाएको छ ।








