• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा चुनाव प्रतिस्पर्धात्मक

  •   बुधबार, असोज २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाल्चोक । ‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोक जिल्लामा चुनावले चर्चा पाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा मन्त्री, पूर्वमन्त्रीदेखि पार्टीको केन्द्रीय नेताहरूको चुनावी प्रतिस्पर्धाले चर्चा कमाएको छ । सिन्धुपाल्चोक जिल्लामा सिट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक १ नम्बर क्षेत्र पायो, तर सभामुख अग्नि प्रसाद सापकोटाले युवा पुस्तालाई अघि सारे । माओवादीले सभामुखको साटो माधव सापकोटालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो ।

    बरु गठबन्धन नै नगर्ने, तर क्षेत्र नम्बर १ नछाड्ने अडानमा रहेका पूर्व सञ्चार मन्त्री मोहन बस्नेत माग सुनुवाइ नभए पनि गठबन्धन बाटै क्षेत्र नम्बर २ मा उम्मेदवार भएका छन् । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र २ मा कांग्रेसका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट पूर्व मन्त्री समेत रहेका शेरबहादुर तामाङबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । ३० वैशाखको स्थानीय चुनावमा वडा अध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा हेर्दा सिन्धुपाल्चोक २ मा एमाले पहिलो दल हो ।

    सत्ता गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा एमाले भन्दा सत्ता गठबन्धन अगाडि छ । आफ्नो क्षेत्र नभएकोले बस्नेतका लागि चुनाव सजिलो नभएको तर्क चलिरहँदा कति सम्म मतान्तरले जित्ने भन्ने विषयमात्र बाँकी रहेको बस्नेतको तर्क छ । मोहन बहादुर बस्नेतसँगको प्रतिस्पर्धी एमालेका उम्मेदवार शेरबहादुर तामाङको यो आफ्नै क्षेत्र हो । एमाले नेताहरू पनि सिन्धुपाल्चोक–२ को चुनावी नतिजा पार्टीकै प्रतिष्ठासँग जोडिएको बताउँछन् । गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादीको किचलोका कारण गठबन्धनको मत सबै अर्को पक्षले नपाउँदा आफ्ना मत संरक्षण गर्दा पनि आफूले जित्ने दाबी तामाङको छ ।

    २०६४/७० र २०७४ को संसदीय निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सभामुख अग्नि प्रसाद सापकोटाले स्वेच्छाले चुनाव नउठेका हुन् । यो क्षेत्रमा गठबन्धनबाट माओवादीले माधव सापकोटा सुबोधलाई र एमालेका केन्द्रीय सदस्य सरेश नेपाललाई चुनावी मैदानमा उतारेको छ । ४ प्रदेश क्षेत्र रहेको सिन्धुपाल्चोकमा गठबन्धनले २/२ सिट बाडेका छन् । सिन्धुपाल्चोकमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि ५७ जना प्रतिस्पर्धामा छन् ।

    यसअघिका चुनावमा लगातार हार बेहोरेपछि राप्रपा नेता पशुपति सम्शेर राणा यस पटक समानुपातिकमा गएका छन् । चार जनाले गरे उम्मेदवारी फिर्ता सिन्धुपाल्चोकमा चार जनाले उम्मेदवारी फिर्ता गरेका छन् । फिर्ता गर्नेमा प्रतिनिधि सभा २ को उम्मेदवार यास्मिन ढुङ्गाना, २(क) का फणीन्द्र प्रसाद दाहाल, २ (ख) का योगेन्द्र राज सिग्देल रहेका छन् ।

    उनीहरूले राप्रपाको उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका थिए । ढुङ्गाना राप्रपा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । प्रतिनिधि सभा २ (क) मै स्वतन्त्र उम्मेदवारी दिएका जिमी लामाले पनि माओवादी केन्द्रका उम्मेदवार युवराज दुलाललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका छन् । लामा र दुलालले एक सहमति पत्रमा हस्ताक्षर गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.