• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

माओवादीबाट एमाले प्रवेश गरी पार्टीबाटै निकालिएका प्रभु साह काे हुन् ?

  •   शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बारा । एमालेले पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका प्रभु साह अहिले चर्चामा छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट ३ बाट एमालेको टिकट बहिष्कार गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि साह विवादमा आएका हुन् । पार्टी विराेधी गतिविधि गरेकाे आराेपमा एमालेले शुक्रबार साहसहित तीन नेतालाई कारबाही गरिसकेकाे छ ।

    जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने एमालेकोे निर्णयप्रति असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको साहले दाबी गरे पनि यसमा कुनै सत्यता नभएको उनलाई नजिकबाट बुझ्नेहरूले बताएका छन् । राजनीतिक जीवनको सुरुवातदेखि नै साहमा अस्थिर चरित्र हावी हुँदै आएको देखिन्छ ।

    २०५४ सालकाे स्थानीय निर्वाचनमा साह एमालेबाटै रौतहटको पतौरा गाविसमा वडाध्यक्षमा निर्वाचित भएका थिए । साविककाे पतौरा गाविस उपाध्यक्ष सत्यनारायण राउतलाई २०५७ सालमा तत्कालीन जिविस सभापति राजेन्द्र पटेलको निवासमा कार्यवाहक अध्यक्ष बनाउन उनी हातपातमा समेत उत्रिएका थिए । सोही वर्ष मौलापुर चिरचिरास्थित प्रहरी बस्न छोडेको प्रहरी चौकीमा माओवादीहरूसँग मिलेर आगजनी गरे । त्यही घटना जोडिएपछि उनी फरार भएका थिए । फरार रहेको अवस्थामा उनलाई २०५७ सालमा माओवादीले सम्पर्क गरी आफ्नो पार्टीमा भित्र्याएको हो ।

    भूमिगत माओवादी पार्टीले उनलाई मधेसी मुक्ति मोर्चामा संगठित गरेर तराईमा खटायो । मधेसका माओवादी नेता मातृका यादव र साहबीच लामो समयसम्म सम्बन्ध कायम रहन सकेन । दुबैबीच टकराव बढ्दै गयो । साह माओवादीभित्रको बाबुराम गुटमा सामेल भए । माओवादीहरूको गुटवन्दीमा साह कमजोर बन्दै गएर पार्टी छोड्ने वा छुट्टै पार्टी खोल्ने विकल्प बारेमा सोच्दै थिए । ठिक यसैवेला नेकपा विभाजन भयो । अवसरको खोजीमा रहेका साहले एमालेबाट राम्रो अफर पाए र उनी एमाले पसे ।

    एमालेमा केही समय प्रदेश अध्यक्ष भएर प्रदेश सचिव सुमन प्याकुरेलको सहयोगमा उनले एकलौटी रूपमा पार्टी चलाए । मधेस प्रदेशमा रघुवीर महासेठको प्रवेशपछि उनीसँग साहको टकराव बढ्न थाल्यो । त्यसपछि साह अध्यक्षबाट हटाइए र ज्वाला साहले अध्यक्षको जिम्मेवारी पाइन् ।

    त्यसपछि दुईजनाबीच टक्कर झन् बढ्दै गयो । साह प्रदेश इन्चार्ज भएर पार्टी कब्जा गर्न चाहन्थे । तर पार्टीको दशौं महाधिवेशनपछि रघुवीर महासेठ पार्टी सचिव र इन्चार्जसमेत बनाइए । त्यही दिनदेखि उनको पार्टीबाट बहिर्गमनको तयारी सुरु भएको थियो । अहिले आएर सोही योजनालाई पूर्णता दिइएको राैतहटका एमाले नेता कार्यकर्ता बताउँछन् ।

    मधेस प्रदेशको इन्चार्ज बनेर शक्तिसहित चलखेल गर्ने योजनामा थिए साह । साेही कारण उनले विधान महाधिवेशन बहिस्कार गरे । केन्द्रीय कमिटी बैठक र धेरैपटक प्रदेश कमिटी बैठकसमेत बहिस्कार गरेर उनले पार्टीभित्र उधुम मच्चाएका थिए । एमालेका महासचिव शंकर पोखरेलले पटक पटक काठमाडौंमै बैठक बोलाएर मनाउने काम गरे । विधान संशाेधन गरेर उनका मान्छेहरूलाई केन्द्र र प्रदेशमा राखेकाे बताइन्छ । अहिले एमालेले साह निकट नेताहरू सबैलाई कारबाही गर्ने तयारी गरेकाे छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.