डडेल्धुरा। नेपाली कांग्रेस डडेल्धुराका वडा सभापति पदम बहादुर खडायतले आफ्नो पदबाट राजिनामा दिएका छन्। आलिताल गाउँपालिका वडा-५ का वडा सभापति खडायतले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन्।
आसन्न आमनिर्वाचनमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नीति र सिद्धान्त बिपरित माओवादीसंग अपवित्र गठबन्धन गरेको भन्दै आफुले राजिनामा दिनुपरेको खडायतले राजिनामा पत्रमा उल्लेख गरेका छन।
उनले माओवादीको निरंकुश बिचारकै कारण कांग्रेसका कार्यकर्ता मारिएको, कुटिएको जस्ता गम्भीर आरोप लगाउदै दु:खका साथ पार्टी छोड्नु परेको आफ्नो राजिनामा पत्रमा लेखेका छन् ।









