पोखरा । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा चार जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये लमजुङका १, कास्कीका १, पर्वतका १ र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का १ जना रहेका छन् । सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ६० पुगेको छ ।








