पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँ जिल्लाको भानु नगरपालिकाका २० जना र स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनामा संक्रमण देखिएको हो । सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ८१ पुगेको छ ।








