• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

सुर्खेतमा तीन दशकपछि एमालेका कँडेल र कांग्रेसका शाक्य आमने–सामने

  •   शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुर्खेत । २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट यामलाल कँडेल र नेपाली कांग्रेसबाट कालीप्रसाद शाक्य उम्मेदवार थिए। उति बेला शाक्यलाई हराउँदै कँडेलले वीरेन्द्रनगर नगरपालिकाको मेयरमा बाजी मारे। कँडेल त्यसपछि संघीय सांसद हुँदै मन्त्री भने। २०७४ मा सुर्खेत क्षेत्र नं. (२) कुबाट प्रदेशसभा सांसद चुनिए। ३० वर्षपछि फेरि वीरेन्द्रनगरमा कँडेलर शाक्य आमने–सामने भएका छन्। शाक्य ३० वर्षअघि मेयरमा भएको पराजयको बदला प्रदेशसभा सदस्य जितेर लिने दाउमा छन् भने कँडेल प्रदेशसभाको दोस्रो कार्यकाल दोहोर्‍याउने अभियानमा छन्।

    २०७४ को निर्वाचनमा बाम गठबन्धन थियो। उति बेला माओवादी केन्द्रको साथ पाएका कँडेलले कांग्रेस उम्मेदवार कमलराज रेग्मीलाई ५ हजार ३३५ मतान्तरले पराजित गरे। कँडेलले २१ हजार २८२ प्राप्त गर्दा रेग्मीले १५ हजार ९४७ ल्याएका थिए। अहिलेको वीरेन्द्रनगरको अवस्था फरक छ। वीरेन्द्रनगरको १६ वटा वडा मध्ये १ देखि १४ वडाको प्रदेशसभा क्षेत्र छ। अघिल्लो निर्वाचनमा एमालेसँगरहेको माओवादी केन्द्र अहिले कांग्रेससँग छ। एमाले पनि विभाजित भएर एकीकृत समाजवादी केन्द्र बनेको छ।

    वीरेन्द्रनगरमा २०४९ सालदेखि एमालेभित्रै शिव उपाध्याय नेतृत्वमा छुट्टै गुट अस्तित्वमा थियो। उतिबेला एमालेबाट कँडेलर कांग्रेसबाट हृदयराम थानी प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। एमालेका उपाध्यायले बागी उम्मेदवारी दिए। बागी उम्मेदवारका कारण कँडेल पराजित बने। अहिले तिनै उपाध्याय समाजवादीबाट प्रदेशसभा सदस्यका उम्मेदवार छन्। ‘समाजवादीसँगै एमालेको परम्परागत भोट पनि उपाध्यायले प्राप्त गर्ने भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी हुन सहज छ,’ कांग्रेसका एक नेताले भने, ‘कांग्रेसर शाक्यका लागि ३० वर्षअघिकोराजनीतिक बदला लिने सही समय पनि यही हो।’ कांग्रेसले भनेजस्तै एमाले उम्मेदवार कँडेललाई पराजित गर्न भने सहज देखिँदैन्।

    स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगरको मेयरर उपमेयरसहित अधिकांस वडा कांग्रेसले जितेको छ। त्यसमाथि एमालेले कँडेललाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेको छ। ‘संघीय सांसद, मन्त्री हुँदै प्रदेशसभाको अनुभव पनि हुँदा (कँडेल)ले बटुल्नु भएको छ,’ एमाले प्रचार विभागका सदस्य गंगाराम तिमिल्सेनाले भने, ‘वीरेन्द्रनगरको जनमत पनि एमालेकै पक्षमा भएकाले हामी सहजै निर्वाचनमा विजयी हुन्छौं।’ कँडेलको ध्यान मुख्यमन्त्रीको कुर्सीमा छ।

    प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा प्रदेशका ४० सांसदमध्ये २० निर्वाचित हुँदा पनि उनले मुख्यमन्त्रीको कुर्सी प्राप्त गर्न सकेनन्। एमालेर माओवादी केन्द्रबीच भएको सहमति अनुसार १३ सिट जितेको माओवादीले कर्णाली सरकारको नेतृत्व गर्यो । सर्वोच्च अदालतले दुई पार्टी मिलेर बनेको नेकपालाई पूर्ववत अवस्थामा पुर्याएपछि एमालेले संसदमा अविश्वास प्रस्ताव ल्यायो।

    एमालेकै तत्कालीन माधवकुमार नेपाल समूहर कांग्रेसको साथले माओवादीको सरकार जोगियो। कँडेलको मुख्यमन्त्री हुने सपना पूरा भएन्। प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेसको हातमा अहिले कर्णालीको बागडोर छ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.