चितवन । राप्ती नगरपालिकाले अत्यावश्यक काम वाहेक वाहिर ननिस्कन नगरवासीहरुलाई अनुरोध गरेको छ । कोरोना भाईरसको संक्रमण वढ्दै गएकाले घरमै वसेर सहयोग गरिदिन नगरपालिकाले अनुरोध गरेको छ । नगर प्रमुख प्रभा बरालले एक सुचना जारी गर्दै अत्यावश्यक काम वाहेक अन्य कामका लागि वाहिर ननिस्कन आग्रह गरेकी हुन् । राप्ती नगरपालिका ९ की एक महिलामा पनि विहीवार कोरोना संक्रमण पुष्टी भएको थियो । उपचारका लागि गएकी ति महिला हाल अस्पतालमै रहेकी छिन् । उनको सम्र्पकमा रहेकाहरुको पहिचान गरिएको र आईतवार पिसिआर परिक्षणका लागि पठाईने नगर प्रमुख बरालले वताईन् । सम्र्पकमा रहेकाहरुको रिपोर्टका आधारमा भावी योजना वनाईने उनको भनाई छ । नगर उपप्रमुख इमानसिंह लामाले कोरोना भाईरसले स्थिती भयावह हुन सक्ने भएकाले सचेत गराएका छन् । कोरोना संक्रमति थपिदै गए केही दिन पछि नगरनै शिल गर्ने संभावना रहेको उपप्रमुख लामाले वताएका छन् । राप्तीको क्वारेनटाईनमा वसेका ९ जनामा कोरोना संक्रमण देखिसकेको छ ।








