वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उच्च अदालतका खरिदारसहित २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १६ जना पुरुष रहेका छन् भने ७ महिला छन् । संक्रमित हुनेमा ११ वर्षको बालक देखि ६० वर्षका वृद्ध पुरुष रहेका छन् । संक्रमितहरु बाराका २ जना रहेका छन् भने पर्साका २१ जना रहेका छन् । अस्पताल स्रोतका अनुसार उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज सरकारी वकिल कार्यालयका २८ बर्षका १ जना खरिदारमा संक्रमण पुष्टि भएको छ ।








