कुनै पनि मोबाइल ,कम्प्युटर ,ल्यापटप आदि जस्ता माध्यमबाट चलाइने , समाचार वा नयाँ नयाँ खबरको सङ्ग्रह नै सामाजिक संजाल हो।
हिजो आज बच्चा, युवा र वृद्ध सम्मले अत्याधिक प्रयोग गर्ने माध्यम बनेको छ ,सामाजिक संजाल ! कति मानिसले यसलाई मनोरञ्जनका लागी प्रयोग गर्छन् त कतिले आफू प्रख्यात हुन र छोटो समयमा नै अगाडि बढ्न तर बिडम्बनाको कुरा यसले कयौं व्यक्तिको जीवनै बर्बाद गरिदिएको छ।यस अर्थमा यसलाई एउटा यस्तो माध्यम जस्मा सपार्ने र बिगार्ने दुवै क्षमता हुन्छ भनेर पनि बुझ्न सकिन्छ।
त्यसैले, हामी सबैले सामाजिक संजालको उचित रुपमा प्रयोग गरौं । हाँसो ,ठट्टा र मजाकमा लिएर सियर गरिएका कुराहरुले कति बेला कसको जीवनमा नकारात्मक असर पुर्याइरहेको हुन्छ पत्तै हुँदैन र अन्तत सानो मजाकले कति मनोरोगको सिकार बन्न पुग्छन् त कतिले केही गर्ने, खाने कलिलो उमेरमा आफ्नो अमुल्य जीवनको अन्त्य आफैँ गर्न विवश हुन्छन् ।
मेरो विचारमा जानेर वा नजानेर उनिहरुको त्यस्तो हालतको जिम्मेवार हामीनै हुन पुग्छौं र यदि हामीले केही परिवर्तन ल्याउने हो भने सर्वप्रथम आफ्नो गल्ती मान्न सिकौं अनि कसैको जीवनमा असर पुर्याउने खबरहरु भुलेरपनि सियर गर्दिन भन्ने प्रण गर्दै आवश्यक खबरहरु मात्रै सियर गरौं ।
हामीले कुनै खबर अथवा पोस्ट पढ्दा त्यसलाई सियर गर्ने कि नगर्ने भनेर एकपल्ट आफ्नो मनमस्तिष्कमा अवश्य सोचौं ,”के यो सियर गर्न उचित होला त?” सोच्नुस त, यस्ता औचित्यविहीन कुराहरुलाई सोचेर आफ्नो अनमोल र महत्त्वपुर्ण समय किन खेर फाल्ने? र हाम्रो एकाग्रमा रहेको मस्तिष्कलाई किन नकारात्मकता फैलाउने कुराहरुमा अलमलाउने त? भनिन्छ नि “सानो सियोले पनि ठुलाठुला धारीलो वस्तुले पुर्याउन नसकेको असर र दुखाइ पुर्याउछ”त्यसरीनै हाम्रो शान्त पोखरी जस्तो दिमागमा ढुङ्गा हान्ने प्रयास गर्दा कस्तो पीडा होला? त्यसैले, हामीलाई केही कुरा ठिक नभएको अनुभुति भएमा त्यस पोस्ट वा खबरको छेउमा भएको डिलिट बटन दबाइ बिकृती र नकारात्मक खबरहरु फैलिनबाट आफ्नो घर,परिवार र समाजलाई बचाउन पाइला चालौँ।
अत: सामाजिक संजाल मानिस मानिस बीचको नाता गहिरो पार्न ,सकारात्मक सोचहरु फैलाउन र समाजको परिवर्तन गर्न सुहाउने गर्छ। त्यसैले ” मानिसको जीवनसगँ खेलवाड नगरौं
सामाजिक संजालको उचित प्रयोग गरौं ।
” जय युवा।








