• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

गण्डकी प्रदेशमा कोरोना निको हुने दर उच्च

  •   शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निको हुने दर उच्च रहेको छ । प्रदेशमा शुक्रबार साँझसम्म एक हजार ६८२ जना सङ्क्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन् । सङ्क्रमितमध्येमा १५७ जना विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने पाँच जनाको कोरोनाका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    सक्रिय कोरोनाको प्रतिशत नौ दशमलव ३३ रहेको छ भने मृत्यु हुने प्रतिशत शून्य दशमलव ३० छ । म्याग्दीमा ४८ सङ्क्रमित रहेकामा सबै जना निको भएपछि घर फर्केका छन् । म्याग्दीमा सक्रिय बिरामी छैनन् ।कास्कीमा १९५ सङ्क्रमित भएकामा १४५ जना उपचारपछि निको भएर घर फर्केका छन् भने सक्रिय केस ४९ जना छन् । कास्कीमा एक जनाको मृत्यु भएको छ ।

    पर्वतमा १०४ सङ्क्रमित भएकामा ९८ जना निको भए भने छ जनाको उपचार भइरहेको छ । यसैगरी बाग्लुङमा २६३ सङ्क्रमितमा २४४ निको भए भने १८ जनाको उपचार जारी रहँदा एक जनाको मृत्यु भएको छ ।

    स्याङ्जामा २९८ मध्येमा २५६ उपचारपछि घर फर्केका छन् । जिल्लामा ४० जनाको उपचार भइरहँदा दुई जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वमा ३३३ मा ३२६ निको भएका छन् भने सात जनाको उपचार भइरहेको तथा तनहुँमा २१० सङ्क्रमित हुँदा १८० निको भए भने ३० जनाको उपचार भइरहेको छ ।

    गोरखामा ११६ जना सङ्क्रमित रहेकामा ११२ जना उपचारपछि घर फर्किएका छन् । तीन जनाको उपचार जारी रहँदा एक जनाको कोरोनाका कारणबाट मृत्यु भएको छ ।

    लमजुङमा ११३ मा १०९ निको भएका छन् भने चार जनाको उपचार जारी छ । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने एक÷एकजना सङ्क्रमित भएका दुवै जना उपचारपछि निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशका मुस्ताङ बाहेकका १० जिल्लामा गरी एक हजार ११२ जना क्वारेन्टिनमा रहेका छन् ।

    १८ जना सङ्क्रमित थपिए

    गण्डकी प्रदेशमा आज १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार कास्कीमा ११ तथा तनहुँ र बाग्लुङमा दुई÷दुई तथा गोरखा, नवलपरासी र बाग्लुङमा एक÷एकजना छन् । कास्कीमा सङ्क्रमण पुष्टि भएका सबै जना पोखरा महानगरपालिका भित्रका हुन् ।

    सङ्क्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो । यससँगै प्रदेशमा सङ्क्रमित एक हजार ७०० पुगेका छन् ।

    प्रदेशमा हालसम्म ३२ हजार ९९६ जनको पिसिआर विधिबाट नमूना जाँच गरिएकामा ३१ हजार २९६ जनामा कोरोना देखिएको छ्रैन ।

    गण्डकी प्रदेशमा काँग्रेसका सांसद कुँवरले दिए राजीनामा
    महावीर पुनको पोखराका मेयरलाई जवाफ- प्राथमिकता कता हो !
    तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.