• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भैरहवामा आचारसंहिताको उल्लंघन: प्रचारप्रसारमा बालिकाको प्रयोग

  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्ल‌ंघनगर्ने कसैलाई छुट नहुने भनिरहँदा रुपन्देहीको सदरमुकाम भैरहवामा आचारसंहिताविपरीतका गतिविधि भइरहेका छन् ।  निर्वाचन प्रचारप्रसार कार्यक्रममा बालिकाको प्रयोग, पाेल र भित्तामा पाेस्टर, सडकमा डिजे र व्यानरसहितकाे गाडी प्रयाेग भएको पाइएको छ ।

    उम्मेदवारले आचारसंहितामा रही निर्वाचनको गतिविधि गर्ने भनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिबद्धता जनाए पनि बहालवाला गृहमन्त्री नै आचारसंहिताविपरीत बालिकालाई प्रचारप्रसार कार्यालयको उद्घाटनमा प्रयोग गरेका छन् । पाँच दलीय गठबन्धनले मंगलबार निर्वाचन क्षेत्र नम्बर अन्तर्गत सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ७ को प्रचारप्रसार कार्यालय उद्घाटनमा कक्षा ६ मा पढ्ने एक बालिकालाई झण्डासहित नृत्यमा प्रयोग गरेका छन् । स्थानीय सनसाइन स्कुलमा अध्ययनरत ती बालिकाले गृहमन्त्री प्रमुख अतिथि रहेको उनकै कार्यक्रममा नेपाली कांग्रेस जिन्दावाद नामक गीतमा रुख चिह्नअंकित झण्डासहित नृत्य गरेकी छन् ।  गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभामा  नेपाली कांग्रेसबाट बहालावाल गृहमन्त्री बालकृष्ण खाण र प्रदेशसभा क्षेत्र नम्बर ३ एक बाट लोसपाका सन्तोस पाण्डे उम्मेदवार छन् ।

    निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ को दफा १३ खण्ड ट मा राजनीतिक दल, उम्मेदवार दलको भ्रातृ संगठन तथा सम्बन्धित् व्यक्तिले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने र खण्ड घ मा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा दलको उम्मेदवारको निर्वाचन चिह्न वा झण्डाअंकित बोक्न नहुने भनिए पनि गृहमन्त्री नै सामेल भएको उनकै क्षेत्रको कार्यक्रममा बालिकाले झण्डासहित नेपाली कांग्रेस जिन्दावाद भन्दै नृत्य गरेकी छन् ।

    यस्तै पाँच दलीय गठबन्धनकै उम्मेदवारले निर्वाचन आचारसंहिताविपरीत गाडीमा उम्मेदवारको फोटोसहितको व्यानर लगाई साउन्ड बाजासहित प्रचारप्रसारमा रहेका छन् । परिच्छेद ४ को खण्ड १३ ण मा प्रचारप्रसारमा बाजा, गाजासहित जान नहुने उल्लेख छ । तर, उम्मेदवारले सोहीलाई प्रयोग गरी प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै हिँडेका छन्, जो आचारसंहिता बाहिर गएर प्रचारप्रसार भएको छ ।

    यसैगरी जनमत पार्टीका उम्मेदवार प्रमोदकुमार राउत र सलाउद्दीन आलम, स्वतन्त्र उम्मेदवार केशव विक्रम खडका, स्वतन्त्र उम्मेदवार इशरत अलीले पनि आचारसंहिताविपरीत पोल र भित्तामा पोस्टर/व्यानर लगाएका छन् । आचारसंहिताको परिच्छेद ४ दफा १३ को खण्ड ज मा निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान र सडकको पोलमा दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टास्न पाइँदैन ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका प्रवक्ता शोभाकर खरेलले आचारसंहिताको उल्लंघन भए प्रमाणका साथ लिखित उजुरी गर्न सकिने व्यवस्था रहेकाे र अहिलेसम्म उजुरी नआएको बताए ।

    यता निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका संयोजक विष्णु प्रसाद ज्ञवालीले आचारसंहिता उल्लघन गरे भनेर रोहिणी गाउँपालिकविरुद्ध लिखित उजुरी परेको बताए । ‘हामीले पनि गाउँपलिकालाई कुस्तीको विषयमा लिखित स्पष्टीकरण सोधेका छौँ, आयोगलाई जानकारी पनि भइसकेको छ,’ उनले भने, ‘हिजो बालिकाको प्रयोग भनि फोटो र भिडियो पनि आएको छ । यसलाई पनि आयोगमा पठाएका छौँ ।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.