चितवन । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा ‘नेपाली जनता’ बोलको गीत सार्वजनिक भएको छ ।चुनावमा असल र राम्रो मान्छे छनोट गरेर मतदानगर्न प्रोत्साहन गरेको यस गीतलाई चितवनको पहिलो रेडियो सिनर्जी एफएममा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।
उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष समेत रहेका सिनर्जी एफएमका सञ्चालक सहनलाल प्रधानको शब्द, संगीत रहेको गीतमा स्वरमा प्रधानलाई शिरीषबिक्रम थापा, सृजना गुरुङ, प्रस्तावना कैनीले साथ दिएका छन् । रेबल क्रीयसनको युट्युबच्यानल बाट यो गीत हेर्न सकिन्छ । प्रधानले गीत सुन्नुका साथै शब्दको भावबुझेर मतदानगर्न सबैमा आह्वान गरे ।
उनले भने—‘मतदातालाई हाम्रो होइन राम्रो रोज्न अनुरोध गर्दै गीतले राष्ट्रको मुद्दामा लड्न सकने असल र इमानदार मानिस पहिचान गर्न मतदातालाई प्रेरित गरेको छ ।’ समसामयिक विषयमा गीत रचना गर्न रुची राख्ने प्रधानले संगीत दिएका दुई दर्जन बढी गीत सार्वजनिक भइसकेका छन ।
२ दशक अघि सार्वजनिक भएको चितवनको परिचय झल्काउने ‘नारायणीको पानी जस्तै संग्लो चितवन’ गीत अहिले पनि चर्चित छ। उनको ‘प्रियतिमि केहि बोलिदेउ’, ‘को हो मलाई’, ‘लुकीलुकी आउ’, ‘आकाशैमा कैलो मैलो’ जस्ता गीतहरु आज सम्म पनि स्रोताले रुचाउँछन् । रेडियोबाट गीत संगीतको विकासमा सिनर्जी राइजिंग स्टार शो मार्फत जिल्लामा नयाँ कलाकारको खोजी गर्न पनि प्रधानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाथिए ।https://www.youtube.com/watch?v=BPSU0bEMtps








