नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश कार्यालयले कोरोना भाइरस कोभिड–१९ को सन्दर्भमा पत्रकार र सञ्चारमाध्यमका लागि सूचना जारी गरेको छ ।
नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई सुरक्षित रही समाचार संकलन तथा सम्प्रेषण गर्न आग्रह गरेको छ । भिडभाड भएका ठाउँको अग्रभागमा रहेर समाचार संकलन कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अपनाउन सबै सञ्चारकर्मीहरुलाई महासंघ आब्हान गरेको छ ।महासंघले सबै सञ्चार गृहहरुलाई कार्य स्थलमा खटिने पत्रकारहरुका लागि पूर्वसतर्कताको तयारी गर्न र आवश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह समेत गरेको छ । साथै, महासंघ जिल्ला शाखाहरुलाई बिपत्को समयमा जोखिम मोलेर समाचार संकलनमा खटिने सम्पूर्ण सञ्चारकर्मीहरुलाई आवश्यक सतकर्ता अपनाएर समाचार संकलन गर्ने बातावरण निर्माण गर्नको लागि आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।
कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न महासंघ विशेष आग्रह गरेको छ ।
पूर्वसतर्कता अपनाउन महासंघकोआब्हान
पूर्वसतर्कता अपनाउन महासंघकोआब्हान
- अ
- अ
- अ








