पोखरा । गोरखाको सहिद लखन गाउँपालिकाले २७ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मनकामना मन्दिरमा गुठी पञ्चमीको विशेष पूजा हुने भएकाले सो दिन पालिकाले बिदा दिने निर्णय गरेको हो ।
मनकामनामा २७ कात्तिकमा विशेष मेला पनि लाग्छ । गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार गुठी पञ्चमी त्यहाँका स्थानीयको विशष चाड हो । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका कार्यालय र विद्यालयमा समेत सार्वजनिक बिदा हुने जानकारी गराएको छ ।








