• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

मतदाताको अपेक्षा गाउँको विकास, वाचा पूरा गर्ने पौडेलको प्रतिबद्धता

  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट गण्डफी प्रदेशसभा ख मा उम्मेदवारी दिएका भेषबहादुर पौडेल यतिखेर गाउँ गाउँमा पुगेका छन् । उनी मतदातासमक्ष आफ्ना योजना सुनाइरहेका छन् । मतदाता यस्तै योजना आफूलाई चाहिएको प्रतिक्रिया दिइरहेका छन् । यहि मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी विषयले जताततै चर्चा परिचर्चा हुन थालेको छ । चोक चोकका चिया पसल देखि मेलापात, पानी–पँधेरा, चियापसल, चोक–चौतारीमा अहिले चुनावकै विषयमा कुरा हुन थालेको छ ।

    यतिखेर सबै पार्टीका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । मतदातासँग भोट माग्न गाउँगाउँका कुना कुनामा पुगेका उम्मेदवारसँग मतदाताको एउटै अपेक्षा छ, गाउँको विकास । गाउँका मतदाता भन्छन्- इमान्दार व्यक्तिलाई जिताउनु पर्छ । यतिखेर सबै नेताहरुको बारेमा बुझिसकेका मतदाता आश्वासन दिएर गाउँ नफर्कने नेतालाई यसपटक मत नदिने विचारमा छन् । एकपटक जितेर गएपछि आफ्नालाई मात्र हेर्ने, अहिले फेरि मैले विगतमा यो गरें र त्यो काम गरें भनेर भन्न आउनेहरुदेखि वाक्क भइसकेको बताउँदै इमान्तार नेतृत्व चुन्नुपर्ने बताउँछन् ।

    बिहीबार गाउँमा मत माग्न पुगेका लोकतान्त्रिक वाम गठबन्धन तर्फका उमेदवार, प्रदेश सभा (ख) का भेष बहादुर पौडेलसँग मतदाताले यही अपेक्षा गरे । मतदाताले इमान्दार नेतालाई जिताउन आफूहरु लाग्ने बताए । मतदाताको उत्साहजनक सहभागिताले आफ्नो हौषला बढेको नेता भेषबहादुर पौडेल बताउँछन् । आफूले चुनाव जित्ने कुरामा विश्वस्त रहेका पौडेल आफूले अहिले गरेका वाचा पूरा गर्न हरतरहले लागि पर्ने बताउँछन् । भेषबहादुर पौडेल सफल व्यवसायी र समाजसेवी हुन् ।

    बैंक, हाइड्रो, शैक्षिक क्षेत्र, उद्योग वाणिज्य, पर्यटन र युवा क्लव लगायतका क्षेत्रमा आफूले अनुभव प्राप्त गरेकाे भन्दै उनले ती क्षेत्रमा लाग्दा आफूले विभिन्न व्यक्तिहरुसँग छलफल गरेको र उनीहरुका भावनासँग एकाकार हुन सकेको बताउँछन् । लमजुङमा लोकतान्त्रिक–वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका देवप्रसाद गुरुङ चुनावी मैदानमा छन् । उनी माओवादी केन्द्रका महासचिव हुन् । लमजुङको विकास र समृद्धिका लागि आफूले पहिलेदेखि नै काम गर्दै आएको र भावी दिनमा पनि जिल्लामा विकासका गतिविधिलाई अघि बढाउने उनले बताए ।

    एमालेबाट प्रतिनिधिसभा चुनावका लागि एमालेका पृथ्वीसुब्बा गुरुङ चुनावी मैदानमा छन् । उनी गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत हुन् । उम्मेदवारहरूले जिल्लामा चुनावी प्रचारप्रसारमा नेता तथा कार्यकर्ता परिचालन गरेका छन् । लोकतान्त्रिक–वाम गठबन्धन र एमालेका उम्मेदवारहरूले आफूहरूको जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.