• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बारा- १ मा एमाले र जसपाको प्रतिबद्धापत्र : सिम्रौनगढ क्षेत्रको विकासमा विशेष जोड

  •   शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बारा, २५ कात्तिक । नेकपा एमाले र जनता समाजवादी पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर १ ले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि संयुक्त प्रतिबद्धापत्र सार्वजनिक गरेको छ । दुबै पार्टीको संयुक्त चुनाव प्रचार समितिले चुनाव प्रचारको क्रममा प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद र युवा रोजगारी, वातावरण संरक्षण, पर्यटन विकास, शान्ति सुुरक्षा, स्वच्छ खानेपानी, सुकुम्बासी समाधान आयोग जस्ता बुँदा समावेश भएको सो प्रतिबद्धतापत्रमा सिम्रौनगढ क्षेत्रको विकासमा मुख्य जोड दिइएको छ ।

    ‘तालतलैयाको शहर सिम्रौनगढ, विकास गर्ने हाम्रो रहर’ शीर्षकमा सिम्रौनगढको ऐतिहासिक एंव पुरातात्विक सम्पदाहरुको संरक्षण र जीर्णोद्वार गरी यस क्षेत्रलाई मधेस प्रदेशको प्रमुख सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, झरोखर, इशरा तथा अन्य सबै साना– ठुला पोखरीहरुको संरक्षण र सौन्दर्यीकरण गरी पाहुना (विदेशी) चराहरुको बासस्थानको रुपमा विकास गर्ने र सो क्षेत्रलाई पर्यापर्यटक क्षेत्रको रुपमा विकास गर्ने, कचोर्वाको झरोखर र इशरा पोखरीको डिलमा रहेको जंगलको संरक्षण गर्ने र उक्त क्षेत्रमा इको पार्क निर्माण गर्ने उल्लेख छ ।

    ऐतिहासिक रानीबास र कङ्गकालीमाई मन्दिर क्षेत्रको संरक्षण गर्ने र सो क्षेत्रलाई पर्यटन केन्द्रको रुपमा विकाश गर्न राष्ट्रिय पुरातात्विक म्युजियम स्थापना गरी संचालन गर्ने, सिम्रौनगढ र आदर्शकोतवाललाई समेटेर व्यवस्थित रिंङ्ग रोडसहित मधेस प्रदेशकै नमुना शहरको रुपमा विकास गर्ने, सिम्रौनगढमा व्यवस्थित बस पार्कको निर्माण गर्ने र कचोर्वा छोटी भन्सार संचालन गर्ने र सतुही नाका खोल्न पहल गर्ने जस्ता विषय समावेश गरिएको छ ।

    त्यसैगरी कृषि क्षेत्रको विकासको लागि सिँचाइमा जोड दिँदै जमुनी, तियर, अडुवा, थलही जस्ता नदीको मुल संरक्षण गरी पक्की सिँचाइ नहर निर्माण गर्ने, सिँचाइमा विद्युतीकरण कार्यक्रम लागु गर्ने र किसानलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहित गर्ने, निजगढको बकैया, धन्सार र शक्ति खोलामा जलायसययुक्त पक्की र व्यवस्थित सिँचाइ योजना संचालन गर्ने, माछा, केरा, तरकारी, दुध र अन्न बालीको उत्पादकत्व वृद्धि गर्न सिम्राैनगढ, आदर्शकोतवाल, कोल्हबी र निजगढलाई तरकारी, माछा र केरा पकेट क्षेत्रको रुपमा विकास गर्ने, सोको बजार व्यवस्थापन गर्ने तथा विभिन्न स्थानमा शीतभण्डार स्थापना गर्न पहल गर्ने, अडुवा खोलामा पर्ने टेडाकट्टी कुलो र भौवाही कुलोको मर्मत गरी किसानहरुलाई वर्षभरि नै सिँचाइ उपलब्ध गराउने र सो पानीको उचित निकासको प्रवन्ध मिलाउने, व्यवसायिक रुपमा आर्गनिक खेती गर्न चाहने कृषकहरुलाई तालिम, आर्थिक सहयोग र परामर्शको व्यवस्था मिलाइने जस्ता मुद्दा उठाइएको छ ।

    प्रतिद्धतापत्रमा पर्यटन क्षेत्रको विकास गरी बेरोजगारी समस्याको निकास गर्ने कुरामा पनि प्रतिबद्धता पत्रमा विशेष रुपमा उल्लेख छ । जसमा बारा जिल्लाको पहिचानको रुपमा रहेको बारागढीको ऐतिहासिक दुर्गको संरक्षण गरी प्रचार प्रसार गर्ने र पर्यटकीय स्थलको रुपमा विकास गर्ने, निजगढस्थित शहीद हिरालाल पार्क, मोहोरी, सुकेपोखरी र कोल्हबीको पातालगंगा तालको सौन्दर्यकरण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, पर्सा वन्यजन्तु निकुन्जमा पर्यटन विकासको लागि पूर्वाधार तयार पार्ने र स्थानीयको आयआर्जन र रोजगारीको अवसर सृजना गर्ने, निजगढको शक्ति खोला झरना, शक्ति गुफाको प्रचार प्रशार गर्ने, पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, बोधवन ‘माछा गाँउ’ लाई ‘कृषि पर्यटन’ क्षेत्रको रुपमा विकास गर्ने र होमस्टे संचालनमा गर्ने जस्ता प्रतिबद्धता जाहेर गरिएको छ ।

    सामाजिक विकासको लागि निजगढ, कोल्हबी र सिम्रौनगढमा २५ शैयाको अस्पताल निर्माणमा पहल गर्ने, बारागढी र आदर्शकोतवालको स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गर्ने तथा बिरामीहरुको लागि न्यूनशुल्कमा एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गर्ने, कोल्हबी, सिम्रौनगढ र च्युटाहामा क्याम्पस संचालन गर्ने र सबै पालिकाभित्रका विद्यालयहरुमा दक्ष शिक्षक र भौतिक पूर्वाधार सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने,. निजगढ, कोल्हबी, सिम्रौनगढ, आदर्शकोतवाल र बारागढीमा थप प्राविधि र व्यावसायिक विद्यालयहरुको संचालन गर्ने, पठनपाठनलाई थप प्रभावकारी तुल्याउन विद्यालयहरुमा इन्टरनेट सेवाको पहुँच विस्तार गर्ने उल्लेख छ ।

    त्यसैगरी सामाजिक सद्भाव कायम गर्ने विषयमा पनि पत्रमा जोड दिइएको छ । निर्वाचन क्षेत्रभित्र रहेका सामुदायिक तथा गैरसरकारी संस्थाहरुको क्षमता वृद्धि गरी समाजिक सद्भाव अभिवृद्धि गर्ने कार्यमा प्रोत्साहित गर्ने तथा सामाजिक विकासको कार्यमा परिचालन गर्ने,.सांस्कृतिक र धार्मिक महत्वको गढीमाई मन्दिर, सहजनाथ महादेव, निजगढस्थित पर्वतनाथ महादेव मन्दिर, शक्तेश्वर महादेब मन्दिरमा पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, थारु समुदायको संस्कृति र परम्पराको संरक्षण गर्न थारु संग्रहालयको स्थापना गर्ने, निजगढमा कछडिया संग्रहालयको निर्माण कार्य पुरा गर्ने, निर्वाचन क्षेत्रमा पर्ने मठ, मन्दिर, मस्जिद, बौद्ध गुम्बाहरुको संरक्षण गर्ने तथा धार्मिक र सामाजिक सद्भाव अभिवृद्धि गर्ने कार्यक्रमहरु संचालन गर्ने कुरा उल्लेख गरिएको छ ।

    प्रतिबद्धतापत्रमा स्वच्छ खानेपानीको विषयमा स्वच्छ पिउने पानीको अभाव रहेको क्षेत्रमा ओभरहेड ट्याङ्की निर्माण गरी जनतालाई स्वच्छ पिउने पानीको सुविधा उपलब्ध गराउने, हाल खुल्ला मुहान र चापाकलबाट खानेपानीको प्रयोग गर्दै आएका उपभोक्ताहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराउन पानी परीक्षणको व्यवस्था गरी शुद्धीकरण गर्न सहयोग गर्ने, निजगढको सिंंगौल र रतनपुरी क्षेत्रमा खानेपानीको समस्या हल गर्न पहल गर्ने भनिएको छ ।

    युवा रोजगारी अभिवृद्धिको लागि विभिन्न सेवा (लोकसेवा, शिक्षकसेवा आयोग, वैदेशिक रोजगारी) मा जान चाहने युवाहरुका लागि विषयगत तयारी कक्षा एवं उत्प्रेरणा कक्षाको प्रवन्ध गर्ने, वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको तथ्याङ्ग संकलन गरी उनीहरुको ज्ञान, सीप, क्षमता र पूँजीको आधारमा व्यवसाय गर्न उत्प्रेरित गर्ने, रोजगारमुलक तालिम र सीप प्रदान गरेर युवाहरुलाई स्वरोजगार तुल्याउने, युवालाई विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्ने, विशेष प्रतिभा भएका युवाहरुलाई सो क्षेत्रको अध्ययन अनुसन्धान गर्न आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गर्ने, वन पैदावार र स्थानीय स्रोत साधनमा आधारित उद्योग स्थापना गरी रोजगारी सृजना गर्ने कुरामा जोड दिइएको छ ।

    त्यस्तै वातावरणतर्फ तामागढी-सिम्रौनगढ सडकको कोल्हबी– सिम्रौनगढ खण्ड र हुलाकी सडकको हर्नैया चोकबाट पश्चिम च्युटाहासम्म दाँया बाँया दुबैतर्फ साना बिरुवा र फूल (रुख) रोप्ने र ‘ग्रिन रोड’ को रुपमा विकास गर्ने, चुरे संरक्षण, नदी नियन्त्रण र सार्वजनिक स्थलमा वृक्षारोपण गरी वातावरणको संरक्षण गर्ने, विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने, शहरी क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापनको लागि सिम्रौनगढ, कोल्हबी र निजगढमा विशेष कार्यक्रम संचालन गर्ने, ५ वर्षभित्र निर्वाचन क्षेत्रका ४८ वटै वडाहरुलाई पूर्ण सरसफाइयुक्त क्षेत्र घोषणा गर्ने, वन जंगल र वन्यजन्तु संरक्षणको लागि विशेष कार्यक्रम संचालन गर्ने, दक्षिणी भेगका सार्वजनिक जमिनमा वृक्षारोपण गरेर सामुदायिक वन, उद्यान, पार्क र बगैचा निर्माण गर्ने उल्लेख छ ।

    खेलकुद क्षेत्रको विकासतर्फ निर्वाचन क्षेत्रका सबै पालिकाहरुमा खेल मैदानको पूर्वाधार निर्माण गर्ने, शहिद हिरालाल गौतम रंगशाला निर्माण कार्य पुरा गर्ने, सिम्रौनगढ, निजगढ, आदर्शकोतवालमा क्रिकेट मैदान, कोल्हबीमा भलिबल कोर्ट र बारागढीमा फुटबल मैदान निर्माण गर्ने, विभिन्न खेलमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न प्रशिक्षकहरुको व्यवस्था गर्ने र खेलाडीहरुलाई प्रोत्साहित गर्न विशेष कार्यक्रम संचालन गर्ने, युवालाई कुलतमा फस्न नदिन र फसेकालाई समाजमा स्थापित गर्न परामर्श सेवा तथा पुर्नस्थापना केन्द्र एवम सचेतना कार्यक्रमहरु संचालन गर्ने उल्लेख छ ।

    प्रतिबद्धता पत्रमा शान्ति सुरक्षाको विषय अपराध र भयरहित समाज निर्माण गर्न सबै पालिकामा प्रहरीको समन्वयमा सार्वजनिक स्थलहरुमा सिसी क्यामरा जडान गर्ने, लागूऔषध दुव्र्यसनी, महिला हिंसा र चोरी डकैती जस्ता अपराधिक घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम संचालन गर्ने, हुलाकी सडकमा बढदो सवारी दुर्घटना निन्यूनीकरण गर्न ट्राफिक प्रहरीको सक्रियता बढाउने भनिएको छ ।

    प्रतिबद्धता पत्रमा सुकुम्बासी समस्या समाधानको लागि भोगचलन गर्दै आएका तर जग्गा धनी प्रमाण पूर्जा नपाएका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गर्ने, भुमिहिन, गरिब र पडाडि परेका समुदायको लागि आवासको व्यवस्था गर्न पहल गर्ने, उत्पिडित र गरिवीको रेखामुनि रहेका समुदायको हितको लागि स्थानीय तहमा सृजना हुने रोजगारीको अवसरमा उनीहरुलाई विशेष प्राथमिकता दिने कार्यको प्रवन्ध गर्ने जस्ता कुरा उल्लेख छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.