चितवन । चितवनमा आज ९७ जनामा डेङ्गु संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यलय चितवनका अनुसार चितवनमा चितवनमा पछिल्लो २४ घण्टामा ९७ जनामा डेँगु सङ्क्रमण पुष्टि भएको छ।
यो संगै चितवनमा डेङ्गु संक्रमितको संख्या १ हजार ८८४ पुगेको छ। जसमध्ये भरतपुर महानगरपालिकाका १ हजार ३०० जना, रत्ननगर नगरपालिकाका २३९ जना, खैरहनी नगरपालिकाका १६० जना, राप्ती नगरपालिकाका ९४ जना, कालिका नगरपालिकाका ४३ जना, माडी नगरपालिकाका ३५ जना र इच्छाकामना गाँउपालिकाका १३ जना रहेका छन्।








