मकवानपुर । मकवानपुरको क्षेत्र २ अन्तरगत प्रदेश सभा (२) मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।
एक हजार ७८२ मतको अन्तर पार्दै नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापामगरलाई पराजित गरेका हुन् । बानियाँले १८ हजार ७१७ मत ल्याई विजयी बनेका हुन् । थापामगरले भने १६ हजार ९३५ मत प्राप्त गरेका छन् ।
बानियाँ २०७४को निर्वाचनमा यसै क्षेत्रमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले त्यसबेला बाम एकताका उम्मेदवार राजाराम स्याङ्तानलाई पराजित गरेका थिए ।








