• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल

  •   बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदा हुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको गुनासो बिरामी गर्छन् । अस्पताल परिसरमै चिकित्सक र कर्मचारीका लागि आवासको व्यवस्था छ । सम्भवतः नेपालमै सरकारी तहमा सबैभन्दा बढी सेवा र सुविधा यहीका चिकित्सक कर्मचारीले पाउँछन् । त्यही आएका बिरामी ल्याएर उपचार गर्ने गरी अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन् ।

    बिरामी र तिनका आफन्त निजीमा जान प्रेरित गर्ने उद्देश्यले अस्पतालमा कम भेट हुने, शल्यक्रियाका लागि लामो समयपछि मात्रै पालो आउने गरेको गुनासो बिरामीहरु गर्छन् । चिकित्सक मात्रै होइन, कर्मचारीहरु पनि हाजिर गरेर हिँड्ने गरेको सेवाग्राहीको गुनासो छ । रोल्पाको थवाङ्बाट उपचारका लागि विगत एक साता अघि चितवन आउनु भएका मालबहादुर डाँगी पाँच दिनदेखि अस्पतालमा भौतारिईरहनु भएको छ । अझै चिकित्सक भेट्न सक्नु भएको छैन ।

    विगत एक महिना अघि परीक्षणका लागि दिएको नमुनाको रिपोट देखाउनका लागि उहाँ अहिले चिकित्सकको पखाईमा हुनुहुन्छ । मंगलबार दिउँसो अस्पताल परिसरमा पुग्दा सँगै डाँगीले अस्पतालको प्रशासनका कर्मचारीलाई गुनासो गर्नुभयो “सर हाम्रो रिपोट कहिले देखाउन पाउँछौ ।” अस्पताल प्रशासनका कर्मचारीहरुले जवाफ दिए “भोली” । “आज चिकित्सक शल्यक्रियामा व्यस्त हुनुहुन्छ त्यही भएर” ती कर्मचारीले थपे । आफ्नो पीडा सहेर उहाँ फेरी भोलीको आशामा फर्कनु भयो ।

    डाँगी उपचारका लागि दुई महिनामा तीन पटकसम्म अस्पताल आएको बताउनुहुन्छ । उहाँले थप्नुभयो “चिकित्सक कुरेर बस्नु पर्ने बाध्यता भयो ।” उहाँको पेटमा समस्या भएका कारण चेकजाँचका लागि आउनु भएको हो । “खाएको कुरा केही अडिदैंन । मुखबाटै फर्कन्छ । यस्तो अवस्थामा चिकित्सक कुर्नु परेको छ ।” उहाँले थप्नुभयो । यस्तै पीडामा पाल्पाबाट आउनु भएकी भिमकुमारी थापाको पनि छ । उहाँ रेडियो थेरापीको लागि आउनु भएको हो । “आज पालो भनेर आएको हुने हो की होईन थाहा छैन ।” उहाँले भन्नुभयो ।

    उहाँलाई लिएर सँगै रहनुभएकी बसन्ती थापाले भन्नुभयो “अब एक महिना औषधि चलाएर मात्रै गर्ने रे ।” अस्पताल आएका बिरामी र उनका आफन्त चिकित्सकको खोजि र उपचारका लागि दिईएको समयको पर्खाइमा बस्दै गरेका छन् । तनहुँको दुलेगौडाबाट उपचारका लागि आउनु भएकी इन्द्रकला लम्साल बहिरंग बिभागमा आएर चिकित्सक कुर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो “चिकित्सक आउनु हुन्छ भनेका छन् । कति खेर भेट्न पाईन्छ पत्तो छैन ।” नियमित चेकजाँचका क्रममा आउनु भएकी लम्साल विगत एक सातादेखि क्यान्सर अस्पतामा हुनुहुन्छ ।

    उहाँले बिभिन्न किसिमको परीक्षणका लागि दिएको नामुनाको रिपोट देखाउँदै भन्नुभयो “अब यो देखाएर त घर जान पाइन्छ की भन्ने आश छ, तर डाक्टर भेट्न पाईन्छ पाईदैन निश्चित छैन ।” चिकित्सक नभेटिएपछि त्यहाँ भेटिएका सहयोगीले चिकित्सक भेट्ने वैकल्पिक उपाय स्वरुप निजी अस्पताल देखाउने गरेको बिरामीका आफन्तको गुनासो छ । यी उदाहरणीय पात्र हुन् । अस्पतालमा आएका बिरामीले बिशेषज्ञ चिकित्सक समेत भेट्न कठिन हुने गरेको छ ।

    चिकित्सक भेट्नका लागि वहिरंग बिभागमा आएका बिरामीहरुलाई त्यहाँका कर्मचारीको छुद्र बोलीका कारण पीडित हुने गरेको गुनासो गर्छन् । बिशेषज्ञ चिकित्सकहरु हाँजिर गरेर आफ्नो बहिरंग सेवामा नबस्ने गरेको उनीहरुको गुनासो छ । उनीहरु हाँजिर गरेर न बहिरंग सेवामा हुन्छन न त शल्यक्रिया कक्षमा नै हुन्छन । एनेस्थेसिया र सर्जनका कारण बिरामीले लामो समय शल्यक्रियाको पालो कुर्नु परेको उनीहरु बताउँछन् । एनेस्थेसीयाले दिउँसो १ बजेपछि काम नगर्दा समस्या बढ्दै गएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।

    अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम आफूले चिकित्सक कर्मचारीले काम गरिरहेको मान्यता राख्ने बताउनुभयो । गुनासोको विषयमा आफूले बुझ्ने भन्दै उहाँ कार्यालय समयमा काम नगर्ने चिकित्सक कर्मचारीलाई कारवाही गरिने बताउनुहुन्छ । अस्पतालमा हाल एक सय जना बिशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् ।

    विगत केही वर्ष अघि अस्पताल खस्केर अस्तव्यस्त भएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी हालका गृहसचिव बिनोदप्रकश सिंहको नेतृत्वमा अस्पताल सुधार्ने अभियानका रुपमा काम थालिएको थियो । त्यसको प्रभाव केही वर्ष परेको अस्पतालका कर्मचारी बताउँछन् । पछिल्लो पुनः अस्पताल अस्तव्यस्त बनेको उनीहरुको गुनासो छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.