• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सरकार निर्माणका लागि अग्रसर हुन एमालेलाई कर्मचारी संगठनको आग्रह

  •   शुक्रबार, मङि्सर २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ । संघीय संसदमा दोस्रो ठूलो दल बनेपनि सरकार निर्माणका लागि अग्रसर हुन संगठनले एमालेलाई सुझाव दिएको छ । संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा मुलुकलाई आर्थिकरुपले टाट पल्टिनबाट जोगाउन र थप अस्थिरता हुन नदिन एमालेले नेतृत्वको लागि पहलकदमी लिनुपर्ने बताए ।

    ‘कतिपय नेताले निर्वाचनको जनादेशका आधारमा एमाले प्रतिपक्षीको भूमिकामा बस्ने भनेर पनि तर्क गरेका छन्, त्यसो हो भने अहिलेको सरकारको नेतृत्व ९३ जना सांसद भएको दललाई प्रतिपक्षमा रखेर ६३ जना सांसद भएको दलले किन गर्‍यो ?,’ काँग्रेसप्रति लक्षित गर्दै उनले भने, ‘बहुमत कसैको नआएकाले दोस्रो ठूलो दलको हैसियतले अन्य राजनीतिक दललाई पनि सहमतिमा ल्याएर एमालेले सरकारको नेतृत्व गर्नुपर्छ ।’ रुपन्देहीबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष कोइरालाले एमाले र माओवादी एकीकरण भई बनेको नेकपा फुट्दा र पछिल्लो समय एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका कारण पनि निर्वाचनमा ठूलो मूल्य चुकाउनुपरेको भन्दै फेरि एकताको लागि पहल गर्न आग्रह गरे ।

    एकताका लागि एमाले, माओवादी, समाजवादी सबैले मेरो गोरुको बाह्रै टक्का नभनी सहमतिको बिन्दु पहिल्याउनुपर्ने उनको जोड छ । “मेरो गोरुको बाह्रै टक्का भनेर एकता हुँदैन, सहमतिको मिलनबिन्दु खोज्नुहोस् र एकता गरी सरकार निर्माण गरेर मुलुकलाई स्थिरता दिनुहोस्,’ उनले भने । उनले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरी एकताको लागि पहलकदमी लिन आग्रह गरेको पनि बताए । उनले फुटको सामान्य असर कर्मचारी संगठनमा पनि परेको भन्दै आ–आफ्नो हठ र जिद्धी छाडेर अघि बढ्ने हो भने एकता फेरि पनि सम्भव रहेको जिकिर गरे । ‘मुलुकलाई विकास र स्थिरताको बाटोमा डोर्‍याउनका लागि पनि अव बामपन्थी शक्ति मिल्नुपर्छ,’ उनले भने ।

    अध्यक्ष कोइरालाले संघीय संसदले पाँच वर्षे कार्यकाल पूरा गर्दा पनि एउट संघीय निजामती ऐन ल्याउन नसकेको भन्दै अवको संसदले छिटै ऐन ल्याउने विश्वास व्यक्त गरे । ‘संघीय संसदले पाँच वर्षे कार्यकाल व्यतित गर्‍यो, तर एउटा संघीय निजामती ऐन ल्याउन सकेन, प्रदेश संसदहरुले पनि ऐन ल्याउन सकेनन्,’ उनले भने, ‘कर्मचारीहरुको एउटै माग छ, संघीय र प्रदेश निजामती ऐन तत्काल ल्याइयोस् र कर्मचारीहरुको वृत्ति विकासमा देखिएका विद्यमान समस्या हल गरियोस् ।’ त्यस अवसरमा एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सदस्य लिला गिरीले विगतका कामहरुको समीक्षा गर्दै र कमीकमजोरी सुधार गर्दै आगामी कार्यभार पूरा गर्नेतर्फ सबै लाग्नुपर्ने बताए ।

    उनले प्रदेशको राजधानी रातारात सार्नु गलत भएको भन्दै पूर्वाधार निर्माण भएपछि मात्र राजधानी लैजाने कुरामा आफूहरुको विमती नरहेको बताए । एमाले केन्द्रीय सदस्य प्रदेशसभा सदस्य भूमिश्वर ढकालले निर्वाचनको दौरानमा कर्मचारीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि पार्टी, सरकार र कर्मचारीबीचको समन्वयबाट धेरै काम गर्न सकिने बताए । प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले सुशासन कायम गर्ने कुरामा कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै अव हरेक कार्यालय भ्रष्टाचारको. अखडा होइन, सुशासनको अखडाका रुपमा चिनाउने गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

    कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज नारायणप्रसाद भण्डारी, रुपन्देही अध्यक्ष प्रेम खनाल, उपाध्यक्ष थानेश्वर घिमिरे, सचिव जीवन पौडेललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.