पोखरा । कास्की र पूर्वी नवलपरासीमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नं २७ की ५० वर्षिया महिला र गैंँडाकोट नगरपालिका वडा नं २ का ३२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले जानकारी दिए । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय २३ पुगेको छ ।








