• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

घोषणाको २७ महिनापछि लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन

  •   बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको २७ महिनापछि बल्ल कार्यान्वयनमा आएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको हो । राप्ती उपत्यका दाङको देउखुरीबाट बुधवार विशेष समारोहका बीच प्रदेश राजधानीको शुभारम्भ गरिएको हो ।

    समारोहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको झण्डोत्तोलनसमेत गरिएको थियो । राजधानी शुभारम्भसँगै प्रदेश सरकारका कामकारबाही पनि अव स्थायी राजधानी देउखुरीबाटै शुभारम्भ भएका छन् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्दै राजधानीको उदघाटन गरेका हुन् भने मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती उपत्यकाबाटै कामकाज सुरु भएको घोषणा गरेका हुन् ।

    त्यस अवसरमा प्रदेश प्रमुख शेरचनले स्थायी राजधानी सरेसंगै देउखुरीको विकासले फड्को मार्ने दावी गरे । ‘स्थायी राजधानी आएको छ, अब देउखुरीका जनताको आर्थिक बृद्धि, शिक्षा, स्वास्थ्यमा परिवर्तन भई अग्रगामी छलाङ अनुभूति गर्नुहुनेछ’, उनले भने, ‘देउखुरीमा आधुनिक शहरहरु निर्माण हुनेछन् ।’

    देउखुरी क्षेत्रमा आधुनिक आवासको ब्यबस्था हुने, वैज्ञानिक सडकहरु निर्माण हुने र स्वास्थ्य, शिक्षा फरक फरक स्थानहरुमा क्रमशः आधुनिकताका आधारमा विकास गरिने पनि उनले बताए । उनले स्थायी राजधानी क्षेत्रलाई अनुचित लाभ लिने नभई विकासको दृष्टिकोणले अगाडि बढाउनु पर्नेसमेत बताए ।

    त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीले संघीयता कार्यान्वयनमा विजयी हासिल गरेको बताए । यो लुम्बिनी प्रदेशका ५० लाख जनताको जीत भएको समेत उनको भनाई थियो । उनले प्रदेश सरकारको निशाना छापमा ‘लुम्बिनी प्रदेश सरकार’ मात्रै भएको घोषणा गरे । यसअघि ‘प्रदेश सरकार, लुम्बिनी प्रदेश’ थियो ।

    संवैधानिक व्यवस्था भएकोले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाबाट कसैले पनि अन्यत्र सार्न नसक्ने प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुले दाबी गरे । कार्यक्रममा सभामुख पूर्णबहादुर घर्ती, प्रमुख सचिव दीपक काफ्लेलगायतले बोलेका थिए । राजधानी कार्यान्वयन भएको खुसीयालीमा स्थानीय तहबाट विभिन्न जातजातीको झाँकीसमेत प्रदर्शन गरिएको थियो । केही दिनअघि मात्रै लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती उपत्यका देउखुरीमा आफ्ना सामग्री ल्याएका हुन् ।

    राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयलाई नजिकैको सरस्वती माविमा सारिएपछि त्यहाँका संरचना प्रयोग गरेर अहिले मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री आवास गृह, प्रदेश प्रमुखको आवास गृह लगायत निर्माण गरिएको हो । सोही क्षेत्रमा आन्तरिक, मामिला कानुन तथा सञ्चार मन्त्रालय, अर्थ तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको लागि सोही स्थानमै राख्ने गरी संरचना मर्मत गर्ने कार्य भइरहेको छ । अन्य मन्त्रालयको संरचनाका लागि भवन खोज्ने कार्य भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् ।

    यसअघि ग्रामीण तथा शहरी विकास मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय भालुवाङमा आएका थिए । तर, काम भने बुटवलबाट हुँदै आएको थियो । स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आबश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भई काम भैरहेको छ । २०५० सालमा स्थापना भएको शिक्षालय १६ विघा क्षेत्रफलमा फैलिएको छ । जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहल समेत छ ।

    साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष विष्टले बताए । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा प्रदेश पूर्वाधार विकास प्राधिकरण अन्तर्गत जग्गा एकीकरण आयोजनाको कार्यालय पनि खुलेको छ । २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो ।

    प्रदेशसभा भवन निर्माण अन्तिम चरणमा

    लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ । ‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन् ।’

    प्रदेशसभा भवनभित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउन बाँकी छ । त्यस्तै गार्ड हाउसको ढलाई भइसकेकाले त्यो पनि अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले बताए । त्यो काम पनि केही दिनमै सकिने उनको भनाई छ । प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले भालुवाङ स्थित नयाँ भवनमा सपथ खाने तयारी गरेको भन्दै त्यसका लागि अन्य तयारीका काम पनि धमाधम भइरहेको उनले बताए ।

    विद्युत जोड्ने काम पनि भएको छ । रंग, रोगन, एसी राख्ने, टेबल, कुर्सी, कार्पेट विछ्याउने काम पनि भइरहेको छ । त्यो सबै जिम्मा प्रदेशसभाले लिएको छ । प्रदेशसभा भवन एक अर्व २० करोड लगानीको हो । उक्त भवन वाइवी स्टोन बिल्ड्रर्स प्रालिले निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू बनेका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.