चितवन : मजदुर हक अधिकारका लागि धर्ना दिदै आएको अखिल नेपाल टे«ड यूनियन महासंघ घटक अखिल नेपाल मजदुर संघ बोटलर्स नेपाल (तराई) चितवनले केही समयका लागि धर्ना स्थगित गरेको छ । विश्वभर कोरोनाको माहामारी फैलिएको र सरकारले धेरै हुलहुज्जत गर्न रोक लगाएकोले केही समयका लागि धर्ना स्थगित गरिएको हो ।
धेरै वर्षदेखि चितवनको भरतपुरस्थित कोकाकोला फ्याक्ट्रीमा काम गर्दै आएका कर्मचारीहरुले कम्पनिले बिनाकारण विस्थापित गर्न लागेको भन्दै चैत ६ गतेबाट धर्ना दिदै आएका थिए। मजदुर संघका अध्यक्ष बुद्धिमान सेन्चुरीको संयोजकत्वमा भएको सो धर्नामा ६१ जना मजदुर सडकमा उत्रीएका छन् । “फ्याक्ट्रीमा काम गर्न पाउनुपर्ने तथा विनाकारण कामबाट निकाल्न नमिल्ने” भन्ने उनिहरुको माग रहेको छ ।
पवन ढुवानी मार्फत यी मजदुरहरु कोकाकोला फ्याक्ट्रीमा काम गर्दै आएका थिए । फ्याक्ट्रीसंग ढुवानीको सम्पर्क टुटेपछि फ्याक्ट्रीले काम गर्न नदिएकोले आफुहरुलाई अन्याय भएको भन्दै धर्ना दिन बाध्य भएको संघका सचिव प्रलाद बड्तौलाले बताउनु भएको छ ।
उहाँले बर्षौदेखि काम गर्दै आएको मजदुरलाई विनाकारण निष्काशन नखगर्न भन्दै फ्याक्ट्रीमा धेरै पटक पत्र समेत पठाएको र त्यसबाट कुनै निस्कर्ष नआएको बताउनु भयो । यस्तै उहाँले फ्याक्ट्रीले अब पनि ध्यानाकर्षण नगरे दोस्रो चरणमा प्रवेश गर्ने र बिषेश कारणबस अहिले धर्ना रोकीएपनि त्यसपछि ठुलो संख्यामा फेरी आन्दोलनमा उत्रने चेतावनि समेत दिनुभयो ।








