• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

‘गर्भपतन गराउँनै परे सुचिकृत स्वास्थ्य सस्था रोजाैं

  •   बिहिबार, मङि्सर २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पछिल्लो समय असुरक्षित गर्भपन चुनौती बन्दै गएको पाइएको छ । स्वास्थ्य लाइभ मिडियाले चितवनमा आयोजना गरेको एक कार्यक्रमा असुरक्षित गर्भपतन चुनौती बन्दै गएको बताइएको हो । देशमा प्रति वर्ष करिब १ लाख महिलाले सुरक्षित रुपमा गर्भपतन गराउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ प्रतिशत गर्भपतन सुरक्षित भएको छ भने, ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ । कार्यक्रममा सहभागी बाग्मती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठले खुला नाका भएकाले भारतबाट गर्भपतन गराउने औषधि दार्ता नगरी ल्याउने र त्यसको गुणस्तर पनि नहुने बताए ।

    नेपालमा गर्भपतन गराउने औषधि ६ वटाले मान्यता पाएका छन् । नेपालका औषधि निकै महंगा भएकाले भारतबाट लुकाएर नेपाल ल्याउने र दर्ता वाला औषधिको खोलमा हालेर सस्तोमा बिक्रि गर्ने गरेको श्रेष्ठले बताए । ‘हामीले निगरानी गर्न सकेनौं त्यो छुट्टै विषय हो श्रेष्ठले भने, अब जुन निकायले स्वीकृत दिएको छ उसलै यसको निगारनी गर्नुपर्छ ।’ श्रेष्ठ भन्छन् महिलाहरुले विभिन्न बाध्यताले गर्दा सुचिकृत स्वास्थय सस्थाभन्दा बाहिर गएर गर्भपतन सेवा लिइरहेका छन् । जटिल अवस्थामा असुरक्षित गर्भपतन गराउँदा कतिपयको बाटोमै मृत्यु भएको छ ।

    श्रेष्ठका अनुसार आमाको मृत्यु हुने कारण मध्येको एउटा असुरक्षित गर्भपतन पनि हो । यसलाई सबै मिलेर कमगर्न सक्नुपर्छ । बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर सुनिलमणि पोख्रेलले असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तश्राव, उच्च रक्तचाप र सङ्क्रमणका कारण मातृ मृत्युदर बढेको बताए । उनले भने, “एक त मुलुकी ऐनले आफैँमा बाझिएको छ । अर्को कुरा सचेतना र परिवार नियोजनका साधन प्रयोगमा कमी र लापरवाही छ ।” समाजको डर, सामाजिक प्रतिष्ठा र जथाभाबी औषधिको प्रयोगले पनि असुरक्षित गर्भपतन बढेको उनको भना छ ।

    डा पोखरेल भन्छन् पहिलो कुरा परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्छ । गर्भपतन गर्नु राम्रो हैन तर, गर्नै परेको खण्डमा सबै भन्दा सुरक्षित स्थानमा गएर गराउनु पर्छ । सर्भिस दिने निकाय पनि इमान्दार हुन आवश्यक छ । गर्भपतन गराउँनै परेको अवस्थामा सम्बन्धीत स्वास्थ्य सस्था सुचिकृत भए नभएको र व्यक्तिको बारेमा पुर्ण जानकारी हुनुपर्छ । सुचिकृत स्वास्थ्य सस्था भन्दा बाहिर गएर गर्भपतन गराउँदा बिभिन्न संक्रमण हुने डर हुन्छ ।

    मेरि स्टोप्स इन्टरनेशनलका उप निर्देशक अनिल यादवले कानुनी रुपमा गर्भपतनको सेवा लिन पाइन्छ भन्ने कुराको धेरैमा ज्ञान नभएको बताए । ‘धेरै मानिसहरुलाई कानुनी रुपमा गर्भपतन सेवा लिन पाइन्छ, सेवा लिए वापत दण्ड सजाय हुदैन भन्ने बारे ज्ञान छैन । उनि भन्छन् गर्भपतन गैरकानुनी हो, र यो सेवा लिएबापद दण्ड हुन्छ भन्ने आम महिलाको बुझाइ छ ।’ यादवका अनुसार नेपालको औषधि व्यवस्था विभागमा गर्भपतन गराउँन ६ वटा मात्रै औषधि दर्ता भएको छ ।

    यादवले बताए अनुसार खुला सिमानाका कारणले गर्दा दर्ता बिनाका र कम गुणस्तर भएका औषधिहरु पनि बजारमा प्रसस्ती पाइन्छ । यस्ता औषधि दुई दर्जन बढी बजारमा गर्भपतन गराउने औषधि दर्ता भएपनि त्यसको प्रयोग गर्ने बिधिबारे ज्ञान छैन । यसलाई सुरक्षित गर्न सकेको खण्डमा धेरैको ज्यान जोगाउन सकिने यादव बताउँछन् ।

    उनी भन्छन् अहिले सम्म कुनै पनि व्यक्ति खुसी भएर गर्भपतन गराउन आएको पाएका छैनौं । मानिसहरु समस्या परेरै गर्भपतन गराउँन आएका हुन्छन् । दुख परेर आएका व्यक्तिहरुलाई सुरक्षित रुपमा गर्भपतन गराउँनु पर्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.