• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हर्क साम्पाङले भने- कार्यपालिका सदस्यहरूले राजीनामा दिनु, ‘चमारे’ भनेकोमा कुनै पश्चात्ताप छैन

  •   शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुनसरी । गत असोज १३ गते कार्यपालिका बैठकमा धरान उपमहानगर कार्यपालिका सदस्य देवन राईले धरान १७ मा रहेको सप्तरङ्गी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने नगर प्रमुखको प्रस्तावमा प्रश्न गरे । सदस्य राईले उक्त पार्कको नाम पुरानै हुनुपर्ने यदि फेर्नु परे कार्यपालिका बैठकबाट निर्णय गर्नुपर्ने बताएका थिए । तर, नगर प्रमुख राईले उक्त पार्कलाई बहुसांस्कृतिक पार्क हुनुपर्ने अडान राखे । सोही विषयमा कार्यपालिका सदस्य राईलाई नगर प्रमुख राईले बाहिर जानुस् भन्ने अभिव्यक्ति दिए ।

    अभिव्यक्ति दिएपछि नगर प्रमुख र उपप्रमुख बाहेक अन्य कार्यपालिका सदस्य नगर प्रमुख राईले आत्मालोचना गरी माफ माग्नुपर्ने अडान राखे । तर नगर प्रमुखले मिलाएर लानुपर्नेमा आफ्नो अडान कायम राखे । असोज १३ गते देखि आजसम्म कार्यपालिका बैठक तीन पटक तोकिए पनि बस्न सकेको छैन । हिजो मङ्सिर २९ गते बिहान ८ बजे कार्यपालिका बैठक तोकिएको थियो । कार्यपालिका सदस्य बैठक कक्षमा देखिनु पर्नेमा उपमहानगर अगाडी उभिएर पत्रकार सम्मेलन गरेर नगर प्रमुख हर्कराज राईमाथि आक्रोश पोखे ।

    उनीहरूले नगर प्रमुख भएर अभिभावकत्व ग्रहण नगरेको तथा अहङ्कार देखाएको भन्दै धरानको बदनाम गरेको आरोप लगाए । वडा नम्बर १७ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य मनोज भट्टराईले नगर प्रमुख स्वेच्छाचारी, अराजक, कार्यशैली तुच्छ भएको टिप्पणी गरे । भट्टराईले नगर प्रमुखको कार्यशैलीले धरानवासी लज्जित भएको भन्दै कार्यशैली परिवर्तन गरी म हैन हामी भन्नु पर्नेमा जोड दिए । उनले कार्यपालिका सदस्यहरूलाई हटाएर तोक आदेशमा नगर चलाउने अभिव्यक्तिमाथि टिप्पणी गर्दै माफ नमागे सम्म कार्यपालिकामा सहभागी नहुने भनाई राखे ।

    कार्यपालिका सदस्यहरूले गरेको पत्रकार सम्मेलनको २४ घण्टा नबित्दै नगर प्रमुख हर्कराज राईले आज (शुक्रवार) आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरे । नगरबासीलाई समस्या समाधानको विषय राख्लान् भन्ने सबैलाई चासो थियो । अभिभावक भएर भएका समस्यालाई समाधान गर्नु पर्नेमा वडा अध्यक्ष तथा कार्यपालिकाले गरेका सामान्य विवाददेखि कामका त्रुटि औँल्याउँदै काम गर्न नदिने र धरानको विकास गर्न नचाहेको हो भने कार्यपालिकालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन नै दिए ।

    ‘कार्यपालिमा सदस्यहरूले आचारसंहिता विपरीत कार्य गरेको, अनुशासनहीनता र लापरबाही देखिएकाले सबै कार्यपालिका सदस्यहरूलाई सच्चिन आवश्यक देखिन्छ,’ उनले भने, ‘अन्यता नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरी धरानको विकासका लागि बाटो खुल्ला गरिदिन अनुरोध गर्दछु ।’ उनले माफ नमाग्ने अडान राखेका छन् ।

    घटना यतिमै सीमित छैन । कार्यपालिका सदस्यसँगको टकराब छँदैछ । केही दिन अघि दलित समुदायप्रति लक्षित सामाजिक सञ्जालमा लेखेको भन्दै राष्ट्रिय दलित आयोग, तथा कार्यपालिकामा रहेका तिन दलित सदस्यले पनि आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरे । उनीहरूले नगर प्रमुख राईले माफी नमागे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    कार्यपालिका सदस्य रावित्रि परियारले आफ्नो गल्ती स्वीकार गरेर सबैलाई मिलाउनु पर्नेमा अझ गैह्र जिम्मेवार अभिव्यक्ति दिनुले सरकार प्रमुखले बाटो बिराएको आरोप लगाइन् । उनले आफ्नो अभिव्यक्ति नसच्याए सडक आन्दोलन गर्ने समेत चेतावनी लिइन् । तर नगर प्रमुख सामपाङले चमारे भन्ने शब्दले दलितलाई प्रतिनिधित्व नगर्ने भन्दै माफ नमाग्ने अडान राखे । साथै यस सम्बन्धि अभिव्यक्तिमा आफुँलाई कुनै पश्चात्ताप नभएको समेत जिकिर गरे ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.