• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र

  •   सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ । निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर काठ्माण्डौंका प्रतिनिधिले भवनको ‘नक्कली’ ल्याव रिपोर्ट बनाएको विषय बाहिरिएपछि प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको हो ।

    गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले २०७८ असारमा ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ औंल्याए पनि निर्माण कम्पनीका प्रतिनिधिले पास भएको नक्कली ल्याब रिपोर्ट तयार पारेर पेस गरेपछि गाउँपालिकाले कारबाही प्रक्रिया अघि बढाएको थियो ।

    निर्माण व्यवसायीले भवन निर्माणको काममा ढिलासुस्ती गरेको, गुणस्तरहिन काम गरेको तथा भवनको ग्राउण्ड फ्लोरको पिलरको ल्याब रिपोर्ट फेल आए पनि पास भएको रिपोर्ट बनाएर पेस गरेको खुलेपछि गाउँपालिकाले ११ पुस २०७८ मा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम भवन निर्माणसम्बन्धी ठेक्का रद्द गर्ने, निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेदेखि धरौटी असुल गर्नेसम्मको प्रक्रिया अघि बढाएको थियो ।

    कीर्ते ल्याब रिपोर्ट बनाइएको काण्डले करिब ३० प्रतिशत सम्पन्न नहुँदै २०७८ जेठदेखि भवन निर्माणको काम अलपत्र बनेको हो । थप कामअघि नबढ्नेगरी टुंगो लागेर अलपत्र बनेको भवनलाई प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र राई बताउँछन् ।

    ठेक्का तोड्नेदेखि धरौटी जफतसम्मका निर्णयविरुद्ध निर्माण व्यवसायी अदालत पुगेको थियो । तर, निर्माण व्यवसायीको पक्षमा भएको अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले खारेज गरेसँगै निर्माण कम्पनीसँग ठेक्का तोड्नेदेखि धरौटी जफत गर्ने निर्णय कार्यान्वयन गर्ने कानुनी अड्चन हटेको थियो ।

    यसरी खुल्यो ‘नक्कली’ ल्याव रिपोर्टको पोल 

    प्रशासनिक भवनको पहिलो ग्राउण्ड फ्लोरको पिलरको गुणस्तर परिक्षणका लागि स्याम्पल (कंक्रिट क्यूव) संकलन गरेर २१ जेठ २०७८ मा गुणस्तर अनुसन्धान तथा विकास केन्द्र पठाइएको थियो । २३ असार २०७८ मा फेल भएको ल्याव रिपोर्ट प्राप्त गरेको निर्माण कम्पनीले  गाउँपालिकालाई भने १० साउन २०७८ मा सो रिपोर्ट उपलव्ध गराएको थियो ।

    तर, दुई दिनपछि निर्माण व्यवसायीले पहिलाको रिपोर्टमा त्रुटि भएको भन्दै गाउँपालिकालाई अर्को नयाँ ल्याब रिपोर्ट इमेलमार्फत पठायो, जहाँ ‘२३ असार २०७८ मा परिपत्र भएको क्यूब टेष्टको रिपोर्ट मेसिनमा केही त्रुटि भइ गलत रिपोर्ट प्रिन्ट भएकाले उक्त रिपोर्ट फेरि सच्याएर पठाइएको’ उल्लेख छ । तर, २७ भदौ २०७८ मा गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबाट गाउँपालिकालाई प्राप्त भएको पत्रले निर्माण कम्पनीले फेल भएको ल्याव रिपोर्टको सट्टा पास भएको नक्कली ल्याव रिपोर्ट तयार पारेर पेस गरेको खुलेको हो ।

    प्राविधिक शाखामा पेस भएको ल्याब रिपोर्ट अध्ययन र विश्लेषण गर्दा नक्कली र झुटो भएको आशंकामा सो ल्याब रिपोर्टको सत्यता ‘भेरिफाइ’का लागि गाउँपालिकाले १५ भदौ २०७८ मा गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पत्राचार गरेको थियो । केन्द्रको जवाफपछि निर्माण कम्पनीले सरकारी कागजात दुरुपयोग गरेको प्रमाणित भएको हो ।

    गाउँपालिकाले प्रदेश सरकारसँगको अनुदानमा प्रशासकीय भवन निर्माणका लागि २६ माघ २०७६ मा टेण्डर आव्हान गरेको थियो । १४ जेठ २०७७ मा प्रथम पटक सम्झौता गरिएको भवन निर्माणको म्याद कोभिड–१९ को महामारीका कारण २०७८ मसान्तसम्म थपिएको थियो । ३ करोड ६९ लाख ८५ हजार ८७३ रुपैयाँमा टेण्डर आव्हान गरिएको भए पनि सो निर्माण कम्पनीले मूल्या अभिवृद्धि कर सहित २ करोड ६८ लाख ४३ हजार ३४६ रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का पारेको थियो । ३० चैत्र २०७७ मा पेश्की २२ लाख ५० हजार फर्स्याेट गरेको निर्माण व्यवसायीले ३९ लाख ९० हजार ७५३ रनिङ बिलमार्फत भुक्तानी लिएको गाउँपालिकाले जनाएको छ ।
    कालो सूचीमा निर्माण कम्पनी 

    सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐंसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालय काठमाडाैंले एक वर्षका लागि कालोसूचीमा राखिसकेको छ ।

    सार्वजनिक खरिद अनुगमनको कार्यालयले ९ साउन २०७९ मा प्रकाशन गरेको सूचनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी ८ साउन २०८० सम्मका लागि निर्माण निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको उल्लेख छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.