• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भोजपुरका यात्री भट्टराई शैक्षिक नारा बोकेर नेपाल भ्रमणमा

  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । शैक्षिक अभियानको नारा लिएर भोजपुरका यात्री नवराज भट्टराई कोहमले देशव्यापी भ्रमण सुरु गरेका छन् । ‘सवको इच्छा, सार्थक शिक्षा, सफा मन, सुन्दर जीवन’ भन्ने नारा सहित भट्टराईले नेपाल भ्रमण सुरु गरेका हुन् । पौवादुङ्मा गाउँपालिका–३ च्यांग्रेका भट्टराईले गत पुस ५ गते सिंहदेवी प्रावि च्यांग्रे मोहोरियाबाट नेपालको शिक्षा प्रणाली सुधार गर्ने सन्देश प्रवाहको अभियान लिएर देशव्यापी भ्रमण सुरु गरेका हुन् ।

    नेपालसहित विश्वका विभिन्न देश भ्रमणका क्रममा नेपाली शिक्षा व्यावहारिक, जीवनोपयोगी तथा सीप, संस्कार र प्रविधियुक्त नभएको पाइएपछि त्यही शिक्षा प्रणाली सुधार्ने लक्ष्यसहित नेपाल भ्रमण सुरु गरेको भट्टराईले बताए । उनले दुई वर्षभित्र पुरा गर्नेगरी देशव्यापी भ्रमण सुरु गरेका हुन् ।

    भ्रमणका दौरान भट्टराईले बिश्वविद्यालय, क्याम्पस, विद्यालय, सरकारी कार्यालय तथा व्यापारिक संघसंस्थामा पुगेर मोटिभेशनल वर्कसप, सेमिनार र क्लास सञ्चालन गरिरहेकाछन् । यात्राको अवधिमा उनले एक लाख युवा तथा विद्यार्थीलाई प्रेरित गर्ने लक्ष्य राखेका छन् ।

    विशेषगरी विद्यार्थीलाई लक्षित गर्दै लक्ष्य, सपना, संगत, सफलता, सकरात्मक सोच, मष्तिष्क बनावट लगायतका विषयमा प्रशिक्षण दिइने भट्टराईले बताए । देशव्यापी भ्रमणका सिलसिलामा उनी शनिबार खोटाङ आइपुगेका छन् । उनले आइतबार शुभम फाउण्डेसनमा मोटिभेशनल प्रस्तुती दिएका छन् । उनले यसअघिको यात्राको सिकाई र बुझाई वारे पनि सुनाउने छन् ।

    भट्टराईसँग यसअघि पनि नेपाल भ्रमण गरेको अनुभव छ । उनले भोजपुरकै नारायणप्रसाद भट्टराई कोहमसँग २०६५ सालदेखि २०६७ सालमा पत्रकारिता र पर्यटनसम्बन्धी नारा लिएर नेपाल भ्रमण पूरा गरेका थिए । यस्तै, भट्टराईद्धयले २०७० सालमा भारत, भुटान, म्यानमार र चीन भ्रमण गरेका थिए ।

    भट्टराईद्वयका नेपाल भ्रमण गरेको संस्मरण समेटिएको ‘नेपाल भ्रमणका ७३० दिन’, विदेश यात्रा संस्मरण समेटिएको ‘देखेको विश्व र नेपाल’ तथा वृत्तचित्र प्रकाशित छन् । उनलाई देशविदेशका सयौं संघसंस्थाले पुरस्कृत तथा सम्मान गरिसकेको छ । ‘पाए आम नेपाली जनजनको साथ, नपाए आकाश छानो, हावापानी मानो,’ भट्टराईले भने, ‘भ्रमण गर्न नोट होइन अठोट बोकेर हिँडेको छु । २०६७ सालमा गोजीमा ३५० रुपैयाँ बोकेर सुरु भएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.