• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लुम्बिनी प्रदेशमा सरकार गठनको गृहकार्य, मुख्यमन्त्रीमा लिला गिरीको प्रवल सम्भावना

  •   सोमबार, पुष ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेशमा पनि सरकार गठनको आन्तरिक तयारी सुरु भएको छ । प्रदेशमा सबैभन्दा ठूलो दल रहेको एमालेले सरकारको नेतृत्व गर्ने गरी तयारी अघि बढेको हो । यद्यपि सातवटै प्रदेश सरकार भागबण्डाका आधारमा मिलाउँदा तलमाथि भने हुनसक्ने नेताहरु बताउँछन् । तर, लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने खालका कुनै नेता नभएकाले एमालेका पोटिब्यूरो सदस्य लिला गिरीले मुख्यमन्त्री पाउने प्रवल सम्भावना छ ।

    ८७ सदस्यीय प्रदेशसभामा एमालेले एक्लै २९ सिट जितेको छ । जसमा गिरी सबैभन्दा सिनियर नेता हुन् । बिगतमा संघीय सरकारकै गठबन्धनलाई आधार बनाएर वर्तमान सरकार बनेकोले अब बन्ने सरकार पनि संघमा भएको गठबन्धनकै आधारमा बन्ने भएकोले अब लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेका लिला गिरीले पाउने सम्भावना देखिएको हो । रुपन्देहीको क्षेत्र नं २ (१) बाट लुम्विनी प्रदेश सभामा दोश्रो पटक निर्वाचित गिरी तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयको सफल नेतृत्व गरेका नेता हुन् ।

    हाल एमाले पोलिटब्युरो सदस्य तथा लुम्विनी प्रदेशका सहईन्चार्ज छन् । दलको नेताको लागि रुपन्देहीका लिला गिरी, भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, अर्घाखाँचीका चेतनारायण आचार्य र कपिलवस्तुका विष्णु पन्थी आकांक्षा देखिएको भएपनि गिरी नै मुख्यमन्त्री हुने सम्भावना बढी रहेको एमालेका एक सांसदले बताए । ‘अब गिरीका बिरुद्ध कुनै षडयन्त्र भए मात्रै बाटो छेकिन्छ,’ उनले भने । नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले एमाले भित्र कसलाई मुख्यमन्त्री बनाउने भन्ने बिषयमा छलफल भइनसकेको बताए ।

    ‘भर्खर मात्रै नयाँ गठबन्धन बनेको छ, कुन प्रदेश कसले लिने भन्ने टुंगो लाग्न बाँकी छ त्यसपछि कसलाई बनाउने भन्ने छलफल होला,’ उनले भने । कंडेलले पार्टीमा काम गरेर सांसद बनेपछि दलको नेता बन्न आकांक्षा देखाउनु स्वाभाविक भए पनि पार्टी केन्द्र र प्रदेशको सल्लाहअनुसार सदस्यहरूको सहमतिमै नेता चयन हुने बताए । ‘यही नै संसदीय दलको नेता बन्ने भनेर अहिलेसम्म पार्टीले निर्णय गरिसकेको छैन, एमाले सहमति र सल्लाहमा चल्ने पार्टी भएकोले पार्टी केन्द्र र प्रदेशको सल्लाह र निर्वाचित प्रदेश सदस्यहरूको सहमतिमा दलको नेता चयन गर्ने छौं,’ कंडेलले भने ।

    प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेसँग १८ जना प्रत्यक्ष र ११ जना गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन् । त्यसैगरी तेस्राे ठूलो दलको रुपमा रहेको नेकपा माओवादी केन्द्रसँग ६ जना प्रत्यक्ष र तीन जना समानुपातिक गरी नौजना सांसद छन् । यसका साथै राष्टिय प्रजातन्त्र पार्टीका चार जना, नागरिक उन्मुक्ति पार्टीका चार जना, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका तीन–तीन जना, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका एक–एक जना सांसद रहेका छन् ।

    ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ। यसपटक लुम्विनी प्रदेशमा १० वटा दल र ३ जना स्वतन्त्र सांसदको प्रतिनिधित्व छ। स्वतन्त्र सांसदको रुपमा निर्वाचित ३ जना लुम्विनी प्रदेश सभासदस्य नेकपा माओवादी केन्द्रबाट बिद्रोह गरी नेकपा एमालेको समर्थनमा बिजयी भएका हुन् भने राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक एक जना सांसद समानुपातिकबाट जितेर आएका हुन।

    नयाँ गठबन्धनअनुसार लुम्विनी प्रदेश सरकार गठन हुँदा सोहीअनुसार हुने अवस्था आएमा अब बन्ने मुख्यमन्त्रीलाई ५५ जनाको समर्थन हुनेछ भने सत्ता बाहिर नेपाली कांग्रेसका २७ जना, लोकतान्त्रिक समाजवादी पार्टीका तीन जना तथा एकिकृत समाजबादी र राष्ट्रिय जनमोर्चाका एक–एक जना गरी ३२ जना सांसद मात्रै प्रतिपक्षमा बस्नेछन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.